बागलुङ: धौलागिरी एफएम प्रालिको १८ औँ वार्षिकोत्सवको अवसरमा बागलुङमा रहेको मानव सेवा आश्रमलाई विभिन्न सामाग्री प्रदान गरिएको छ।
धौलागिरीको पहिलो विद्युतिय संचारमाध्यम धौलागिरी एफएम बागलुङको १८ औँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रममा रहेकाहरुको लागि खाद्यान्न, न्यानो कपडा र सरसफाईका सामाग्री प्रदान गरिएको हो।
बार्षिकोत्सवको अवसरमा बिभिन्न रचनात्मक तथा मानविय सेवातर्फ पनि सहयोग गर्दै आएको एफएमले आश्रमको आवश्यकता अनुसार खाद्यान्न, न्यानो कपडा र सरसफाईका सामाग्री प्रदान गरेको स्टेशन प्रमुख उमाकान्त शर्माले बताए।
सामाग्री एफएमका अध्यक्ष हरिनारायण गौतम, स्टेशन प्रमुख उमाकान्त शर्मा, सहसम्पादक कोपिला कँडेल लगाएत एफएममा कार्यरत प्राविधिक तथा प्रस्तोताहरुले आश्रमका संयोजक बिपना तामाङलाई हस्तान्तरण गरेका थिए।
सो अवसरमा बोल्दै अध्यक्ष गौमले मानविय सेवासंग जोडिनका लागि एफएमले प्रत्येक बर्ष बार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गर्दै आएको बताए। उनले आश्रमको भवन निर्माण हुँदै गरेको अवस्थामा एफएम पनि कुनै हिसाबले जोडिने बताए।
कार्यक्रमा आश्रमका संयोजक विपना तामाङले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन एफएमका सम्पादक ताराप्रसाद शर्माले गरेका थिए। -ढोरपाटन न्यूज
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








