सागर भण्डारी, गुल्मी: लियो क्लव अफ गुल्मी सालिमे मुसिकोट-७, वामीटक्सार गुल्मीले वामीटक्सार बजार क्षेत्रलाई शान्त र सफा बनाउने अभियान सुरु गरेको छ।
२ महिना अगाडी मात्रै गठन गरिएको क्लवले पहिलो कार्यक्रमको रुपमा बजार क्षेत्रका विभिन्न ठाउँमा ट्राफिक सचेतना लेखिएका बोर्ड र फोहोर राख्ने डस्बिन राखि यो अभियानको शुभारम्भ गरेको हो।
क्लवका अध्यक्ष पुजन सापकोटाका अनुसार तिहारमा खेलिएको दैउसी भैलोबाट सकंलित रकमबाट वामीटक्सार बजारका १० ठाउँमा होर्डिङ बोर्ड र ८ ठाउँमा फोहोर राख्ने डस्बिन राखिएको छ।
बजार क्षेत्रमा तीब्र गतिमा सवारी साधन चलाउँदा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर ट्राफिक सचेतना सम्बन्धी होर्डिङ बोर्ड राखिएको क्लवका जनसम्पर्क अधिकृत विवेक काफ्लेले जानकारी दिनुभयो।

उहाँका अनुसार बजार क्षेत्रमा जथाभावी फोहोर फाल्दा पर्यावरण विग्रने र बजार समेत दुर्गन्धित बन्दै जान थालेपछि कुहिने र नकुहिने फोहोर सकंलन गर्न छुट्टा छुट्टै डस्बिन राखिएको छ ।
साथै आजै बजारका विभिन्न ठाउँ सरसफाई समेत गरिएको छ । लियो क्लवका पदाधिकारीहरुले बजार सरसफाई गरेका हुन् । क्लवले यस्ता अभियान निरन्तर रुपमा सञ्चालन गर्ने जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










