Salime Malika Krishi Farm

Awareness Campaign

डलर साट्ने बहानामा विदेशबाट फर्केकालाई ठगी गर्न खोज्ने गुल्मीका दुई जना पक्राउ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: काठमाडौं महानगरपालिका-२६, नयाँबसपार्कबाट डलर साट्ने बहानामा वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट आएका व्यक्तिलाई ठगी गर्ने गुल्मीका दुई जना पक्राउ परेका छन्। प्रहरीले उनिहरुलाई ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गुल्मी ईस्मा गाउँपालिका-६ घर भई हाल काठमाडौं नयाँबसपार्क बस्ने ३३ वर्षीय प्रदिप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दिपक कुमाल रहेको प्रहरीले जनाएको छ। ओमनबाट आएका व्यक्ति घर जाने क्रममा नयाँबसपार्कमा बसको प्रतिक्षा गरिरहेको अवस्थामा उनीहरूले डलर साट्ने बहाना गरी ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरुको साथबाट पैसाको आकारमा रहेको कागजको बिटो तथा नेपाली १२ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। -गुल्मी न्यूज

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया