गीताकुमारी बस्याल, गुल्मीः गुल्मी र स्याङजा दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण बन्दै गएको छ।
गण्डकी प्रदेशको स्याङजाको मिर्मी र लुम्बिनी प्रदेशको गुल्मी हर्मिचौर जोड्ने रेप्कामा रहेको मोटरेबल पुल २०५२ सालमा कालीगण्डकी जलविद्युत परियोजना ‘ए’ निर्माणको क्रममा गुल्मीको हर्मिचौर र स्याङजाको मिर्मीलाई जोडने गरी कालीगण्डकी नदिको रेप्कामा इटालीयन सरकारले निर्माण गरिदिएको पुल वषौदेखि जीर्ण बन्दै गएको छ।
कालीगण्डकी नदिले पुलको पिलरहरुमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो । बुटवल र , पोखरादेखी गुल्मीको पुर्तिघाट र बाग्लुङ सम्म जाने सवारी साधनहरुले सो पुलको प्रयोग गर्दै आएका छन् । सो पुल मर्मतका लागि सामान्य कामहरु गर्दै आएपनि पुल जीर्ण नै रहेको छ । दिनानुदिन पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवाला कसैले वास्था नगरेको सवारी धनीहरु र स्थानीयहरुले गुनासो गर्दै आएका छन्।
जुन सुकै समयमा पनि पुल भत्किन सक्ने भन्दै हजारौँ जनताको जीउ धनको बारेमा कसैले पनि चासो नदेखाएको स्थानीय तीलक रानाले गुनासो गर्नुभयो। बर्षौ देखि जीर्ण रुपमा रहेको पुलको बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसकेको र आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँहरुमा र नेताहरुको पहुँचको आधारमा बिकास गर्ने र खोला नै नभएका ठाँउहरुमा पुल निर्माण गर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा स्थानीयहरुले जोड दिएका छन्।
दूई जिल्ला जोडने मोटरेवल पुल जीर्ण बन्दै गएकोमा स्थानीय सरकारको पहल जारी रहेको कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेदबहादुर थापाले बताउनुभयो। दुई वर्ष पहिले देखिनै आफूले सो पुलका लागि पहल गर्दै आएको दाबी गर्दै नयाँ पक्की पुल निर्माणका लागि सडक विभागबाट डिजाइन तयार भई टेन्डरको प्रक्रियामा रहेको उहाँको दाबी छ। -खबर मार्केट
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |