Salime Malika Krishi Farm

Awareness Campaign

तटबन्ध बनेपछि ढुक्कले निदाउँछन् रिडीका बासिन्दा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: कुनै समय ठूलो पानी पर्दा रातभर निदाउँदैनथे रिडी बजारवासी। रिडी र कालिगण्डकी नदी उर्लिने चिन्ताले उनीहरुको मनमा चिसो पस्थ्यो। त्रासकै बिच रुरु-१ का ६८ वर्षीय यमनारायण भण्डारीले कैयौं वर्ष बिताए। कयौं पटक रिडी बजार डुबानको जोखिममा परेको पनि छ।

‘अहिले बजारको घरमा ढुक्कले निदाउँछौ,’ भण्डारीले भने, ‘लामाचौर पारीतिर पनि काम हुने आशमा छौं।’ रिडी र कालिगण्डकी प्रभावित स्थानमा दुई हजार ८२० मिटर लामो र सात मिटर अग्लो आरसिसी तटबन्द निर्माण गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर अनुज उपाध्यायले जानकारी दिए।

उनका अनुसार अहिले सुरुको डिजाइन केहि परिवर्तन गरेर काम भइरहेको छ। तटबन्ध निर्माणको ४५ प्रतिशत काम भएको छ। पाल्पातर्फ ऋषिकेश मन्दिरसम्म र गुल्मीतर्फ घाटसम्म तटबन्ध बन्नेछ। तटबन्ध निर्माणको लागि शर्मा सगुन जेभीले २०७७ जेठमा ३४ करोड २० लाख ६० हजार ६६८ रुपैयाँमा सम्झौता गरेको थियो।

सिंचाई
Forest
Ad.

रिडी र कालिगण्डकी नदी तटीय संरक्षण आयोजना पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पामार्फत् कार्यान्वयन भइरहेको छ। आयोजनाले रिडी र कालिगण्डकी नदी नियन्त्रण, भूसंरक्षण तथा पर्यटकीय विकासमा टेवा पुग्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख इन्जिनीयर उपाध्यायले बताए।

बाँकी कामको लागि २१ करोड ४३ बढी रकम अभाव रहेको छ। ‘अहिलेसम्म ४५ प्रतिशत भौतिक प्रगती भएको छ। अझै ५५ प्रतिशत काम बाँकी भएपनि पर्याप्त बजेट छैन,’ उपाध्यायले भने, ‘करिव साढे २१ करोड बजेट चाहिनेमा अहिले २५ लाख मात्रै आयो।’

रुरु क्षेत्रको बृहत्तर विकासको लागि संघ र प्रदेशबाट सामूहिक प्रयासहरु भइरहेका छन्। तटबन्धले बजार संरक्षणसंगै रुरु क्षेत्रको सौन्दर्यकरणमा टेवा पुर्याउने पूर्वमन्त्री प्रदिपकुमार ज्ञवालीले बताए। उनले संघ र प्रदेशको समपुरक योजनाअन्तर्गत धार्मिक पर्यटनको विकासका लागि रिडीमा तटबन्ध निर्माणको काम थालिएको बताउँदै पार्क, जलाशय निर्माण र सौन्दर्यकरणका थुप्रै योजनाहरु पनि निर्माण गरिने उल्लेख गरे।

रुरु क्षेत्र आफैंमा धार्मिक क्षेत्र हो। त्योसंगै पछिल्लो समय निर्माण भएको तीनमुखे पुल, ऋषिकेश मन्दिर, तटबन्ध र पार्कसंगै जलाशयले पर्यटकीय रुपमा पनि रुरु क्षेत्र थप आकर्षित हुने ज्ञवालीले बताए। -नयाँ पत्रिका

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया