Smoking Causes Cancer

पाल्पाबाट मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बुटवल: पाल्पाको रम्भा गाउँपालिका-१, हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस दुर्घटनामा परेकाे छ। आइतबार बिहान ना ६ ख ७५८० नम्बरको बस पुर्वी नवलपरासीको बुलिङटार गाउँपालिका- २ मथारमा दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ भने २३ जना घाइतेहरूकाे उद्दार गरिएकाे छ।

प्रहरी चाैकी बुलिङका प्रहरी जवानले दिएकाे जानकारी अनुसार ५ जनाकाे शव भेटिएकाे र अन्यकाे खाेजी कार्य जारी रहेकाे बताए। रम्भा १ च्याङलिङ, नाैगाउँ, गैरी र साठी क्षेत्रबाट २ बस यात्रु मनकामना दर्शनका लागि जाँदै गरेकाे अवस्थामा बस दुर्घटनामा परेकाे हाे । बस सडकबाट झण्डै सय मिटर तल खसेको छ।

बस कालिगण्डकी किनारमा रहेकाे छ । बसमा रम्भा १ हुँगी अन्तर्गत बिसाैना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए। घटनास्थलमा अहिले प्रहरीले घाईतेहरुको उद्धार गरिरहेको छ। बसमा २८/२९ जना यात्रु रहेकाे बताइएकाे छ। विस्तृत विवरण आउन बाँकी छ। -ग्लोबल आवाज

सिंचाई
Forest
Ad.

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया