शिव भण्डारी, लण्डन: मगर समुदायको बाहुल्य रहेको गुल्मीको भार्से गाउँ यसैपनि पर्यटकहरुको रोजाइमा पर्ने ठाउँ हो। त्यहाँका समुदायको रहनसहन, भेषभुषा र संस्कृति देखेर कयौँ आन्तरिक तथा बाह्य पर्यटकहरु लोभिन्छन्। भौगोलिक बनावट सहित भार्षेलीहरुको मिठो आतिथ्यता स्वीकार्दै कयौं पर्यटकहरु भार्षे गाउँ पुग्छन्।
सोही ठाउँमा निर्माण हुँदैछ लुम्बिनी प्रदेशकै नमुना र धार्मिक एवम् आध्यात्मिक महत्व बोकेको बौद्ध स्तुपा । नेपालकै दोश्रो स्वयम्भू नाम दिईएको स्तूपा कुनै सरकारी निकायको सहयोगबाट बन्दै छैन् । विदेशमा रहेका र स्वदेशमै रहेको भार्षेलीहरुले सहयोग सकंलन गरेर स्तूपा बनाउँदैछन्।
स्तूपा निर्माण भएमा भार्षे गाउँ अझै धेरै पर्यटकीय सम्भावना बोकेको गाउँ बन्ने स्थानीयहरुको भनाई छ । उक्त स्तूपा निर्माणका लागि विदेशका विभिन्न स्थानमा रहेका भार्सेलीहरुले सहयोग सकंलन गरिरहेका छन् ।
यसैबीच बेलायतमा रहेका गुल्मेली र भार्सेलीहरुको संस्थाबाट पनि स्तूपा निर्माणका लागि १४ लाख २४ हजार ६ सय ६३ रुपैयाँ सहयोग गरेको छ । गुल्मी जिल्ला समाज युकेले ६ लाख ७० हजार ६ सय ९० रुपैयाँ र भार्सेली समाज युकेले ७ लाख ५३ हजार ९ सय ७३ रुपैयाँ गरी जम्मा १४ लाख २४ हज़ार ६ सय ६३ रुपैयाँ काठमाण्डौमा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ।
काठमाण्डौ महाराजगंज स्थित एक होटेलमा स्तूपाका योजनाकार अभियानकर्ता एवम् भार्से विकासका अभियान्ता क्याप्टेन कुल बहादुर बुढाथोकी मगर तथा कृषि विज्ञ बोम बहादुर श्रीष मगरलाई गुल्मी जिल्ला समाज युकेका सल्लाहकार एवम् भार्सेली समाज युकेका आजिवन सदस्य मेजर खिम गौचन र समाजका पूर्व महासचिव एवम् बेलायतमा बसेर लामो समयदेखि पत्रकारिता गर्दै आएका लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारीले सयुंक्त रुपमा २ वटा चेक हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै लेप्टेन बुढाथोकीले आफ्नो गाउँ आफै विकास गरौँ भन्ने अभियान मार्फत स्तूपा निर्माणका लागि सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद व्यक्त गरे । उनले गुल्मी जिल्ला समाज युकेका अध्यक्ष विर बलाल र भार्सेली समाज युकेका अध्यक्ष छत्र श्रीस लगायत गुल्मेली र गैर गुल्मेली बेलायतबासी दाताहरूलाई धन्यवाद व्यक्त गर्दै यस भन्दा अगाडी पनि गाउँमा थुप्रै कामहरु गरेको बताए।
बौद्ध स्तुपा स्वदेश र विदेशीहरुको आर्थिक सहयोग मा बन्दै गरेको भन्दै उनले सोचेँ जति रकम सकंलन भएमा लुम्बिनी प्रदेशकै नमुना स्तूपा बन्ने स्पष्ट पारे । गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ जना भिक्षुहरुले लुम्बिनीको आसिट माटो ल्याएर विधिवत रुपमा लामा गुरूहरूले पुजा गरी स्तूपाको सिलन्यास गरिएको थियो । स्तूपा निर्माण भएमा भार्से गाउँको नयाँ अस्तित्व कायम हुने र यसले पर्यटकीय एवम् धार्मिक गन्तव्यको रुपमा विकास हुने उनको भनाई थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष ओम थापा काउचाले सहजीकरण गरेका थिए । संस्थापक अध्यक्ष थापाले भार्सेमा मात्रै नभएर समाजले गुल्मीका विभिन्न ठाउँ तथा आशा अपागं केन्द्रलाई नियमति रुपमा सहयोग गर्दै आईरहेको बताउँदै बेलायतमा बसेर गृह जिल्लाका लागि केही योगदान गर्न पाउँदा खुसी लागेको बताए । उनले बेलायतमा रहेका सम्पूर्ण गुल्मेली एवम् अन्य व्यक्तिहरुलाई एकपटक भार्सेको स्तूपाको अवलोकनका लागि पुग्न समेत अपिल गरे । गुल्मी जिल्ला समाज युकेका अध्यक्ष बिर बलालले समाजले गृह जिल्लाका लागि थुप्रै सामाजिक र परोपकारी कार्य गर्दै आईरहेको बताए । उनले जिल्लामा ४ वटा एम्बुलेन्स हस्तान्तरण देखि शिक्षा, स्वास्थ्य, र अन्य असहाय एवम् अपागंता भएकाहरुलाई पनि थुप्रै सहयोग गरेको बताए ।
स्तूपा निर्माणका लागि सहयोग सकलन अभियानमा संस्थापक अध्यक्ष ओम थापा काउचा सल्लाहकारहरू मिन दर्लामी, बिन भुजेल, कोषाध्यक्ष मुकुन्द खरेल लगायतलाई जिम्मेवारी दिईएको थियो । बेलायतमा रहेका नेपालीहरुको अग्रणी मध्येको पनि अग्रणी संस्था गुल्मी जिल्ला समाज युकेले गृह जिल्लामा विभिन्न विपत्ति, भैपरि तथा अफ्ठ्यारोमा अभिभावकीय जिम्मेवारी पुरा गर्दै विभिन्न सहयोग गर्दै आईरहेको छ।
कसले के कति सहयोग गरे? (नाम र रकम सहित):


यस्तो बन्दैछ बौद्ध स्तूपा:
गुल्मीको सत्यवती गाउँपालिका- ८, भार्सेको देउराली डाँडामा डेढ करोडको लागतमा बौद्ध स्तूपा निर्माण भइरहेको छ । समुद्री सतहदेखि दुई हजार एक सय ८० मिटर उचाईमा निर्माण हुँदै गरेको स्तूपा निर्माण भएसगैं भार्से गाउँको छुट्टै पहिचान र अस्तित्व जोडिने स्थानीयको भनाई छ। स्तूपासगैं फनपार्कको समेत निर्माण गरिएको छ।
भार्से देउरालीबाट उत्तरका धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रेलगायतका हिमशृंखला र गुल्मीसहित पर्वत, बाग्लुङ, म्याग्दी, पाल्पा र स्याङ्जाका विभिन्न स्थानको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ। –लण्डन नेपाल न्युज डट कमबाट
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










