टोपलाल अर्याल, गुल्मी: जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा जिल्लाको रेसुङ्गा नगरपालिका र मुसिकोट नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ। बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो।
निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिबार नमुना मतदान गरेको हो। रेसुंगा नगरपालिका १४ को पराल्मी र मुसिकोट नगरपालिका ७ को वामीमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेयले जानकारी दिए।
पराल्मीमा ८० बर्षीय तुल्सीराम पोख्रेल र मुसिकोटमा ७५ बर्षीय धनिश्वर घिमिरेले पहिलो मत खसालेका थिए। पराल्मीमा २५ मत र मुसिकोटमा ६५ मत गरी कुल ९० मत खसेका थिए। जसमा २१.११ प्रतिशत अर्थात १९ मत बदर भएको पाण्डेयले बताए।
स्थानीय सवै उमेर समुहका विद्यार्थी, क्लब, रेडक्रम, दल र नागरिक समाजका प्रतिनिधीले मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृत बरान्तराज पौडेल, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, निर्वाचन अधिकृत माया कुवंर, सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रमुख एवं प्रतिनिधीहरुको नमुना मतदान कार्यक्रममा सहभागीता रहेको थियो।
नमुना मतदानका सवै विधि र प्रक्रियाहरु अवलम्बन गर्ने गरिन्छ। यो निर्वाचनमा १२ वटै पालिकामा नमुना मतदान हुँदैछ। जिल्लामा कुल दुई लाख २३ हजार छ सय १५ मतदाता रहेका छन् । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा कुल एक सय ४२ मतदान स्थल रहेका छन्। भने दुई सय ७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







