सूर्य सुनार, गुल्मी: गुल्मीमा सार्वजनिक सवारीसाधनका चालकहरुको निःशुल्क आँखा परिक्षण हुने भएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला ट्राफिक कार्यालय गुल्मी र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रको संयुक्त आयोजनामा यही कार्तिक १ देखी ४ गते सम्म निःशुल्क आँखा परिक्षण शिविरको आयोजना गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद अचार्यले जानकारी दिए।
जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक सवारीसधान चालकहरुले आफ्नो आँखा परिक्षण गर्न आग्रह गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । जिल्ला यातयात समितिलाई चालकहरुलाई आलोपालो आँखा परिक्षण गर्न आउन आग्रह गरिएको हुँदा सबै चालकलाई उपस्थित हुन भनिएको छ ।
जिल्लामा दुर्घटना न्यूनिकरण गर्न सघाउ पुयाउने उदेश्यले आँखा परिक्षण गर्न लागिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक अर्चायले बताए । आँखा परिक्षण कार्तिक १ गते देखी ४ गते सम्म आँखा उपचार केन्द्र तम्साघमा परिक्षण हुने छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







