Smoking Causes Cancer

तम्घासमै पहिरोले ७ वटा पक्की घर जोखिममा, सडक अवरुद्ध



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: तम्घास-रिडी सडकखण्ड अन्तरगत रेसुङ्गा नगरपालिकाको भगवती मन्दिर नजिकै सडक भास्सिएर पहिरो जाँदा ७ वटा पक्की घर जोखिममा परेका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ को तम्घास रिडी सडकको भगवती मन्दिर नजिकै सडक भास्सिएर पहिरो जाँदा ७ वटा पक्की घर जोखिममा परेसँगै सडक अबरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए।

सडक भास्सिएर पहिरो गएपछि जिल्ला सदरमुकाम तम्घासबाट रिडी, पाल्पा, वुटवल जाने सवारी साधनहरु बैकल्पीक मार्ग प्रयोग गरेर जाने गरेका छन। सडक भास्सिएर पहिरो गएसँगै तम्घास रिडी पाल्पा सडक कार्यालय पाल्पालाई तत्काल सडकको अवस्था बारे अवलोकन र मर्मत गर्न आग्रह गरिएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताए।

हाइवे सडक अबरुद्ध भएकाले तत्कालै मर्मत गर्नका निम्ति पाल्पा सडक डिभिजन कार्यालयबाट इन्जिनियर सहितको टोलि आएर काम अगाढी बढाउने तयारीमा रहेको पन्थीले बताए। रेसुङ्गा नगरपालिकाले बिभिन्न स्थानमा गएका पहिरो हटाउन ८ वटा जेसिबी मेसिन प्रयोगमा ल्याईएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

सिंचाई
Forest
Ad.

पछिल्लो समयमा भइरहेको अविरल वर्षातका कारणले धेरै जासो ठाउँमा सडक, बिद्युत अवरुद्ध हुँदै आएको छ । पहिरोले जिल्लाको सदरमुकामै ३ दिनसम्म बिद्युत अवरुद्ध भएको थियो।

अझै पनि ग्रामीण भेगमा ६ दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया