Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा भुस्याहा कुकुरको आंतक, नियन्त्रणमा दिएन नगरपालिकाले चासो



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मीः गुल्मीको मुख्य बजार र जिल्ला प्रशासन कार्यालयको गेटमा भुस्याहा कुकुरको आंतक बढेको छ।

बजारमा भुस्याहा कुकुरको आंतक हुँदा समेत यसको नियन्त्रण र ब्यबस्थापन गर्नमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन।

बजारमा मुख्य सडकमा भुस्याहा कुकुरको आंतकले गर्दा सडक दुर्घटना निम्त्याउने अर्को खतरा पनि रहेको छ। बजारमा भुस्याहा कुकुरको आंतकले गर्दा विद्यालय हिड्ने स-साना बालकहरुलाई झम्टने र टोक्ने समस्या पनि बढ्दै गएको यहाँका स्थानीयहरुले जनाएका छन्।

सिंचाई
Forest
Ad.

रातको समयमा पनि भुस्याहा कुकुरहरु भुक्ने समस्याले गर्दा राम्रो संग सुत्न पनि नपाइने गरेको बजारवासीहरुले दुखेसो पोख्दै आएका छन् भने यसको ब्यबस्थापन र नियन्त्रण गर्नमा कसैको ध्यान नगएको उनीहरुको गुनासो छ।

बजारमा भुस्याहा कुकुरको बिगबिगी हुँदा समेत नगरपालिका कानमा तेल राखेर बसेको र देखेको नदेख्यै गरेको स्थानीय ब्यबसायी जनक पन्तले बताए । बिहानीको समयमा मर्निङवाक गर्न हिड्दा र बाइक चलाएर बजार हिड्न सक्ने अवस्था नरहेको उनको गुनासो छ।

बिद्यालय जाँदा पैदल यात्रा गरेर जाने स साना बालबालिकाहरु बढी जोखीममा रहेकाले नगरपालिकाले तत्काल समस्याको समाधान गर्नुपर्नेमा उनले जोड दिए।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सदरमुकाममा भुस्याहा कुकुरको समस्या अत्याधिक भएकाले नगरसंग सहकार्य गरेर अगाडि बढ्ने बताए।

Awareness by SKF

आफूहरुको कार्यक्षेत्र भित्र यो कार्य नपर्ने भएकाले यसलाई समाधान गर्नका लागि तत्कालै आफुले पहल गर्ने उनको दाबी छ ।

रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले भुस्याहा कुकुरको समस्यालाई समाधान गर्नका लागि आफूहरुले योजना बनाएको बताए।

नगरभित्र भुस्याहा कुकुरको समस्याले नगरबासी हैरान भएको भन्ने गुनासो छ नी भन्ने खबरमार्केटको जिज्ञासामा पन्थीले गुनासो आफूसमक्ष पनि आएकाले यसको दीर्घकालीन समाधान गर्नेगरी योजना बनाएको र त्यो केही समय पछि सबैलाई थाहा हुने उनको दावी छ। -खबर मार्केट डटकम

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया