Salime Malika Krishi Farm

Awareness Campaign

दुई दशकदेखि बंगुरपालनमा रमाएका गुल्मीका चक्र बहादुर, वार्षिक साढे ४ लाख कमाउँछन्



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिका-३, हाडहाडेका ४९ बर्षीय चक्र बहादुर घर्ति मगर बिहान सवेरै उठ्छन्‌। उनी सानैदेखि श्रमजिवी हुन्। अहिले झन् जनप्रतिनिधी भएका छन्। उनी बिहान उठेदेखि राति अबेरसम्म निकै व्यस्त छन्। घर्तिमगरले बंगुरपालन गर्न थालेका दुई दशक बढी भए। उनको फर्ममा ३० माउ र पाठापाठी छन्।

केहि समय पहिले ५० वटासम्म बंगुर पाले। उनले ०७० सालमा फर्मनै दर्ता गरेर व्यावसायीक रुपमा बंगुरपालन गरेका छन् । उनले पछिल्लो समय बगुंरको मासु बिक्री हुन छोडेपछि कम पाल्न थालेका छन् । अहिले बंगुरको बजार मुल्य प्रतिकिलो चार सय र पाठापाठीको पाँच हजारदेखि ६५ सय रुपैयाँ पर्छ । चोक्कर, ब्राण्ड र प्लेट दाना खुवाउनुपर्ने भएकाले खर्च पनि उत्तिकै रहेको छ ।

बंगुर जन्मिएको आठ/नौ महिनामै कम्तिमा एक सयदेखि डेढ सय किलो हुने गर्दछ । त्यसैले समयमै बिक्री गर्नुपर्ने उनीसंगै चुनौती रहेको छ । गाउँ र तम्घासमा मासु बिक्री गर्ने गरेको घर्तिमगरले बताए। उनले बर्षमा खर्च कटाएर चारदेखि साढे चार लाख आम्दानी गर्ने गरेका छन् । बंगुरसंगै मेडिकल र मील पनि गर्दै आएका छन् । उनले समयकम कारण अहिले मेडिकललाई कम प्राथमिकता दिन थालेका छन्।

सिंचाई
Forest
Ad.

बिहानदेखि साँझसम्म कुटानी पिसानी गर्नेहरुको पनि राम्रो उपस्थिती हुने गरेको छ । उनको परिश्रम अनुसार छोराछोरीले पनि राम्रै गरेका छन् । ठुली छोरी स्टाफ नर्स छन् । छोराले फार्मेसी अध्ययन सकेर बसेका छन् । भर्खरै वडा सदस्यमा निर्वाचित घर्तिमगर गाउँका सामाजिक काममा उत्तिकै व्यस्त छन् । भुगोल अनुसार साविकका तीन वडा हेर्न पर्ने र वडा तथा गाउँपालिका धेरै टाठा भएकाले काममा नागरिकसंगै जनप्रतिनिधीलाई समेत सास्ती भएको घर्तिमगरले बताए। -गुल्मी न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया