Salime Malika Krishi Farm

Awareness Campaign

चाडपर्वलाई लक्षित गर्दै सम्भावित दुर्घटना न्यूनिकरण गर्न कृत्रिम अभ्यास



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अजय खड्का, गुल्मी: आउदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न गुल्मीमा कृत्रिम अभ्यास गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीको आयोजनामा सोमबार सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्नका लागि कृत्रिम पूर्व अभ्यास गरिएको हो । दशैं, तिहार र छठ पर्वहरुमा धेरै दुर्घटना र धन जनको समेत क्षति हुन सक्ने भन्दै त्यसलाई लक्षित गर्दै दुर्घटनामा घाइतेहरुको अवस्था, एम्बुलेन्स र उद्धार गर्दै गर्दाको काल्पनिक दृश्य रेसुङ्गा नगरपालिका-८, गर्जुरामा प्रर्दशन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले उक्त अभ्यास प्रर्दशन पश्चात सडक दुर्घटनामा कमी आउने विश्वास आफुहरुले लिएको बताउनुभयो । यदि दुर्घटना भइहालेपनि उद्धारका निम्ती सुरक्षाको टिम तयारी अवस्था रहेछ भन्ने सन्देश प्रवाह गर्नका लागि आफूहरुले उक्त कृत्रिम अभ्यास गरेको बताए।

सिंचाई
Forest
Ad.

उक्त दृश्य प्रर्दशन पश्चात सकभर जिल्लामा दुर्घटना नहोस र भए पनि उद्धारमा यसले ठुलो टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

कार्यक्रममा गुल्मी जिल्लाका चार वटै सुरक्षा निकायका प्रमुखहरु,रेडक्रस, नेपाल विद्युत प्राधिकरण, राजनीतिक दल, पत्रकार लगायत स्थानीयहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो।

यता जिल्ला सुरक्षा समिति गुल्मीले चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई कडा बनाएको जनाएको छ। जिल्लामा हुन सक्ने दुर्घटना, चोरी लगायत शान्ति सुरक्षा र घटनाहरुलाई लक्षित गरेको सुरक्षाको ब्यबस्था कडा बनाएको गुल्मी प्रजिअ पौडेलले बताए।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया