Smoking Causes Cancer

पचपन्न जना वृद्धवृद्धा बस्ने आश्रमलाई समाजसेवी थापाको सहयोग



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, काठमाण्डौ: काठमाण्डौको बुढानिलकण्ठमा सञ्चालित रिमा सेवा समाजलाई समाजसेवी लिल बहादुर थापाले आर्थिक सहयोग गर्नुभएको छ।

झण्डै ५५ जना असहाय वृद्धवृद्धाहरुलाई सहायता प्रदान गर्दै आईरहेको समाजलाई समाजसेवी थापाले नगद रु ३० हजार रुपैयाँ सहयोग गर्नुभएको हो। सोह्रश्राद्धको अवसरमा आफ्नो बुबाआमाको स्मृतिमा समाजसेवी थापाले झण्डै २ दिनका लागि आश्रममा खाना तथा खाजा पुग्ने गरी सहयोग गर्नुभएको हो।

असौज ८ गते नेपाल आउनुभएका समाजसेवी थापाले उक्त दिननै रिमा सेवा समाजमा पुगेर उक्त आर्थिक सहयोग प्रदान गर्नुभएको हो। सञ्चालिका रिमा सापकोटालाई भेटेर सहयोग प्रदान गर्दै थापाले बुढेसकालमा सहाराविहिन बनेका बुबाआमालाई सहारा दिएर पुण्यको काम गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो।

सिंचाई
Forest
Ad.

सहयोग रकम ग्रहण गर्दै सञ्चालिका सापकोटाले मिडिया र अभियन्ताको पहुँच भन्दा बाहिर रहेकी आफुलाई कुनैबेला वृद्धा आमाबुबालाई खानपिनका लागि समेत समस्या हुने गरेको बताउनुभयो । उहाँले व्यक्तिगत रुपमा यति ठुलो रकम प्राप्त गरेकोमा सहयोगी थापाप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उक्त अवसरमा थापाले वृद्धाआश्रमका बुबाआमाहरुसंग भेटघाट गरी आशिर्वाद समेत ग्रहण गर्नुभयो। समाजसेवी थापाले सोही दिननै काठमाण्डौकै एक सहाराविहिन आमालाई समेत खाद्यान्न लगायतका अन्य सामाग्रीहरु सहयोग गर्नुभएको छ । शारिरिक रुपमा पूर्ण अशक्त २७ वर्षीय भोला श्रेष्ठकी आमालाई उहाँले खाद्यान्न सहयोग गर्नुभएको छ भने आमाको पसलमा रहेको सम्पूर्ण उधारो रकम समेत तिरिदिनुभएको छ।

यसवर्षको दशैँ विपन्न र यसभन्दा अगाडी आफुले सहयोग गरेका परिवारमा गएर मनाउने निर्णय गर्नुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया