Salime Malika Krishi Farm

Awareness Campaign

चालिस वर्षपछि चुनाव लड्ने पालो: गठबन्धन तगारो



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: अहिले भर्खर राजनीति सिक्दै गरेका युवाहरु बुढापाकाहरुले देश चलाउन सक्दैनन् हामी युवाहरु जुर्मुराउनु पर्छ भन्दै जुर्मुराई रहेका छन्। तर त्यही युवा उमेरदेखि राजनीतिमा सक्रिय भएका मानिसहरु अहिले वृद्ध भत्ता खाने बेलासम्म पनि कतै अवसर नपाई बसेका प्रशस्तै उदाहरणहरु छन्। तीनै पाका राजनीतिकर्मी मध्येका एक हुन गुल्मीको हर्दिनेटा गाउँका लक्ष्मण पन्त।

२०४० सालदेखि गुल्मीबाट वामपन्थी राजनैतिक यात्रा सुरु गरेका पन्तको उमेर अहिले ५९ वर्ष भयो। उनले राजनैतिक यात्रा सुरु गरेको पनि अहिले झण्डै ४० बर्ष भयो। तर, अहिलेसम्म कुनै पनि तहको चुनावमा उमेदवार बन्ने अवसर उनले पाएका छैनन्। बल्ल अहिले आफ्नो पार्टीबाट उनी त्यो अवसरको सिफारिसमा परेका छन् तर त्यो पनि सत्तागठबन्धन कारण टुङ्गो छैन।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रवास सम्पर्क समन्व्य समितिका सह ईन्चार्ज रहेका पन्तलाई मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा गुल्मी क्षेत्र नम्वर १ को प्रतिनिधी सभा सदस्य उमेदवारमा सो पार्टीले सिफारिस गरेको हो।

सिंचाई
Forest
Ad.

यस अघिका निर्वाचनमा पनि तपाई त्यस क्षेत्रको उमेदवार बन्ने चर्चा थियो , यसपाली चाँही उमेदवार बन्न पाउने कत्तिको सम्भावना छ ? भन्ने प्रश्नमा पन्तले भने–‘ पार्टीले त सिफारिस गरेको छ । तर, गठबन्धनका कारण यसै भन्ने अवस्था छैन । ’ उनले पार्टी कार्यकर्ताहरुले माओवादी केन्द्रकै चुनाव चिन्ह हँसिया हतौडा बाटै चुनाव लड्न जोड गरिरहेको तर गठबन्धन हाईकमाण्डको निर्णय कुरेर बसेको बताउँछन्।

‘बाल्यकालदेखिको राजनैतिक सक्रियता हेर्ने हो भने पाँच दशक भई सक्यो । हुन त हामी आफुले अवसर खोज्नका लागि कम्युनिष्ट आन्दोलनमा लागेको होईन, । तर पनि जनताको काम गर्न जनप्रतिनिधी हुनै पर्ने रहेछ, उमेर पनि ढल्की सक्यो, अब त त्यो अवसर पाउनु पर्ने हो र नेतृत्वले पनि त्यसको मुल्याङन गर्ने छ भन्ने कुरामा म आशवादी छु ’ पन्तले भने ।

रामलाई वनवास जस्तै पन्तलाई ‘प्रवास’

छत्रकोट गाउँपालिका साविक हर्दिनेटा गाविसको लुम्छा भालुपानीमा जन्मिएका पन्तले आफु बाल्यकाल छँदै बामपन्थी आन्दोलनमा लागेको बताउँछन् । २०३० सालमा पुष्पलालले गठन गरेको कम्युनिष्ट पार्टीमा आफु गुल्मी पराल्मीका केशरमणि पोखरेलहरुसंगको संगतबाट कम्युनिष्ट आन्दोलनमा लागेको बताए ।

Awareness by SKF

२०३० साल कार्तिक महिनमा किशानहरुद्धारा सदरमुकाम तम्घास घेराउ कार्यक्रम थियो । त्यति बेला म आफु सानै छँदा सहभागि भएँ । पछि पञ्चायते वारेन्ट जारी ग¥यो । त्यति बेला म श्रृंगास्थित हालको जनता मावि अर्थात तत्कालिन मिडिल स्कुलमा पढ्थे । म अलि सानै थिएँ तर युवा तथा पाका मान्छेहरु संगै ३० सालमा श्रृङ्गा प्रहरी चौकी निर्माणमा हामीलाई सजाय स्वरुप ६ महिना सम्म श्रम गराईयो ।

त्यसमा श्रृङ्गाकै चुरामणि कँडेल , डिल्लीराज पन्त लगायत हुनुहुनथ्यो । हामी कम्युनिष्ट भई सके पछि बाहुनहरुल जनै चुँडाल्ने जस्ता कार्यहरुमा लाग्यौं । दलितहरुसंग छुईछिटो गरे घरमा सुनपानी छर्केर चोख्याउने चलन थियो । जुन कुरालाई हामी मान्दैन्थ्यौं, पन्ते भने त्यस पछि छोरा बिग्रिन लाग्यो भनेर बाबु आमाहरुले दशरथले रामलाई बनवास पठाएँ झैं गरेर भारत प्रवास तिर पठाउनु भएको हो । ’

भारतस्थित मध्ये प्रदेशको जवलपुरमा म पुगेर पठन पाठनमा लागेका पन्तले २०४२ सालमा निर्मल लामाहरुको चौमबाट ( चौथो महाधिवेशन ) पुनः सक्रिय राजनीतिमा आबद्ध रहेको बताउँछन् । भारतस्ति नेपाली एकता समाजका विभिन्न तहमा जिम्मावरी निभाउँदै आएका पन्त जब भारत सरकारले द्धन्द्धकालमा त्यस संगठनलाई प्रतिबन्ध लगायो तब उनकै नेतृत्वमा सन २००२ मा नेपाली जनाधिकारी सुरक्षा समिति गठन गरिएको थियो ।

त्यस पछि उनी जागिर छाडेर माओवादी संगठनमा सक्रिय भएका थिए । २०४४ साल देखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग नजिक रहेका पन्त पालुङ्गटार महाधिवेशन पछि मोहन बैद्य किरण संगै पार्टी फुटाएर अलग भएका थिए । त्यति बेला केन्द्रिय सचिवालय सदस्य रहेका पन्त बादल संगै माओवादीमा फर्किएका थिए।

बादल एउटा ईमान्दार नेता र कुशल संगठक रहेको तर पछि उनमा वैचारिक विचलन आएको आरोप लगाउने पन्तले नेकपा फुट्नुमा मुख्य दोष एमाले नेता केपी ओलीका रहेको तर सहायक कारणहरु अरु नेताहरुको पनि रहेकोले आत्मासमिक्षा गर्दै भविश्यमा पुनः एक हुन पनि सकिने सम्भावना रहेको धारणा राख्छन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया