Salime Malika Krishi Farm

Awareness Campaign

यस्तो छ सुपादेउरालीको महिमा: एक पटक हेर्नैपर्ने भिडियो (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


       

Awareness

Place for ads

मनोज कार्की, अर्घाखाँची: सुपादेउराली झण्डै ४ हजार ५ सय फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्।

सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर क’हालीलाग्दो भीमकाय खोंचमा रहेको छ।

सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। सुपा देउरालीपारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले सुपाको महिमा जिल्ला, अञ्चल, केन्द्र हुँदै भारतसम्म उजागर छ।

सिंचाई
Forest
Ad.

यस प्रसिद्ध धार्मिक मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सान्दर्भमा विभिन्न किम्वदन्तिहरूका आधार र पहरामा लाहुरे टाँसिएको, भगवान रामकी पत्नि सिताले बनाएको चुलो, जाँतो आदीका शिलाहरूबाट त्रेता युग देखि नै यहाँ दैविक शक्ति थियो भन्न सकिन्छ। पछि आएर बाइसे चौबिसे राज्यका पालामा खाँचिकोट राज्यका राजकुमार र भारतको बलरामपुरकी राजकुमारी बीच विवाह गरि घर तर्फ ल्याउँदा बाटोमा केही कुरा झुटो बोलेर अथवा ढाँट छल गरेर विवाह गरेको हल्ला दुलहीले सुनिन्।

डोलिमा बोकेर ल्याएकी दुलही हाल सुपा देउराली मन्दिर रहेको स्थान भन्दा करिब पचास मिटर दक्षिणमा पुग्दा डोलिबाट र’गतको थोपा झरेछ। यो रगतको थोपा देखेर हाल मन्दिर रहेको स्थानमा आएर डोलीमा हेर्दा दुलही मृत अवस्थामा थिइन्। त्यसपछि खाँचिकोट राज्यमा विभिन्न रोग व्याधी र महामारी फैलिएर विभिन्न विध्न वाधाहरू उत्पन्न हुन थाले।

एक जना खनाल थरका ज्योतिषलाई बोलाएर धामी, झाँक्री हेराउँदा त्यस ठाँमा दैविक शक्ति उत्पन्न भएको र कोलो पाठी बलि दिनु पर्छ भनेकाले त्यसै समय देखि खाँचिकोट राज्यका राजा ठकुरी राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कुल पूजा गर्दै हालसम्म आएको इतिहास पाइन्छ। त्यही समय देखि यस मन्दिरमा आफ्नो मनोकामना पुर्ण होस् भनेर भाकल गर्ने विभिन्न जिन्सी सुन, धजा, वस्त्र, रातो फूल, माला चढाएर पाठा पाठीको बलिपूजा गर्ने र परेवा उडाउने व्यापक प्रचलन रहेको छ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया