Salime Malika Krishi Farm

Awareness Campaign

३५ करोड रुपैँया चिट्ठा परेका गुल्मीका भरतकी श्रीमती मन्जु भन्छिन्, ‘खुशी सँगै डर पनि छ’



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत गुल्मीका एक युवाले १० मिलियन दिराम अर्थात् झन्डै ३५ करोड नेपाली रुपैयाँ पुरस्कार जितेका छन्।

गुल्मी जिल्ला रेसुंगा नगरपालिका वार्ड १२ घर भई केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बिकले यूएईको चर्चित मजुज चिट्ठा जितेका हुन्। यो चिट्ठा जित्ने बिक पहिलो नेपाली रहेको बताइएको छ। साप्ताहिक रूपमा खुल्ने यो चिट्ठामा उनले दुई वर्षदेखि चिट्ठा काटिरहेका थिए।

मजुजका सीईओ फरिद सामजीले प्रतीकात्मक चेक हस्तान्तरण गर्ने कार्यक्रममा उनले भने, ‘म अत्यधिक उत्साहित छु। यो १० मिलियन दिराम पुरस्कारले मलाई धेरै परिवर्तन गर्न सक्षम बनाउने छ। यसले मेरो जीवनमा ठूलो परिवर्तन गर्नेछ।’ अहिले आफू करोडपति भए पनि सादा जीवन बाँच्ने बताए।

सिंचाई
Forest
Ad.

उनले थपे, ‘म मेरो ऋण र अन्य बाँकी पैसा बालबच्चाको पढाइमा खर्च गर्नेछु।’ चिट्ठा जित्ने आसमा धेरै नेपालीहरूले यसमा सहभागिता जनाउने गरेको उल्लेख गर्दै मजुजका सीईओ सामजीले बिकको जीतले नै नेपाली समुदायमा खुसी छाएको बताएको गल्फ न्युजले जनाएको छ।

अहिलेसम्म करिब ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिट्ठा जितिसकेका छन्। जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिट्ठा जितेको सीईओ सामजीले बताए। विक मासिक १३ सय दिराममा त्यहाँको एक कम्पनीमा कार धुने कम्पनीमा कार्यरत रहेका थिए।

बिकले यती ठुलो रकम चिट्ठाक्मा जितेपछी परिवारमा खुशी त छाएको छ नै डर पनि थपिएको छ। अनावश्यक आर्थिक झमेलामा पारीने चिन्ता पनि बढेको छ। डरलाई एकातिर पन्छाउने हो भने यो रकमबाट पुस्तौँको जीवन स्तर फेरिनेमा भरतकी श्रीमती मन्जु बिकको अनुहारमा कान्ती छाएको छ। “खुसी पनि छौ तर डर पनि छ”, उनले भनिन्, “यात्रो ठुलो रकम पर्दा खुशी छौँ तर यही पैसाले गर्दा भोली कसैले केही गर्ने हो कि डर पनि छ, चिन्ता पनि छ।”

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया