Salime Malika Krishi Farm

Awareness Campaign

रुकुम पूर्वमा बस दुर्घटना, एकै घरका तीनसहित ६ जनाको मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

रुकुमपूर्व: रुकुमपूर्वमा बस दुर्घटना हुँदा एक घरका तीनसहित ६ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो।

दुर्घटनास्थलमा तीन र रुकुमपूर्व अस्पताल ल्याउने क्रममा तीन गरेर दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। जिल्लाकै सिस्ने गाउँपालिका-६ का ४० वर्षीया लक्ष्मी खड्कासहित उनका दुई छोराको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिए । खड्काका छोरा दुई वर्षीय सिजन खड्का र छ वर्षीय साइमन खड्काको मृत्यु भएको हो।

यसैगरी बस चालक रामेछापका २६ वर्षीय लिलाम श्रेष्ठ, रुकुमपूर्व भूमे गाउँपालिका–५ का २३ वर्षीय कहिमान बुढा, जिल्लाकै पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ३५ वर्षीय पूर्णबहादुर बुढाको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिए।

सिंचाई
Forest
Ad.

काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बसमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ। चार जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाँकेको कोहलपुर मेडिकलमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर खत्रीले जानकारी दिए। -जयमान बुढा मगर/गोरखापत्र

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया