Salime Malika Krishi Farm

Awareness Campaign

चार वर्षीय बालक अपहरणको आरोपमा चितवनबाट भारतीय महिला पक्राउ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

भरतपुर: चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुर महानगरपालिका-१७, गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन्। पालको व्यवहार शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा बालकको अपहरण गरी लैजान लागेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी पालविरुद्ध चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा चार दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया