Salime Malika Krishi Farm

Awareness Campaign

साउदीमा अलपत्र परेका गुल्मीका जगत बहादुर सुनारकाे उद्धार



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: सुरक्षित आप्रवासन कार्यक्रमले ८ महिना देखि साउदीमा अलपत्र परेका रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का जगत बहादुर सुनारकाे उद्धार गरेको छ।

श्रवण १५ गते उनकी श्रीमती सुनिता सुनारले सामि कार्यक्रमकाे कार्यालयमा गएर आफ्नाे श्रीमान ८ महिना देखि साउदीमा अलपत्र भएको र नेपाल ल्याईदिनु भन्दै निवेदन दिएकि थिईन।

२ बर्षकाे राेजगारिकाे लागि साउदि गएका जगत ३२ महिना काम गरे। २ बर्ष काम गरेपछि जगतलाई अर्को काममा लगाउँने भनेर केही दिन छुट्टि दियो । छुट्टि लम्मिदै गयो तर जगतलाई कुनै काम दिने तर्फ कम्पनीले चासाे देखाएन । एकदिन-दुईदिन गर्दै महिना दिन बित्यो । तर काम लगाउँन कम्पनीले चासो देखाएन।

सिंचाई
Forest
Ad.

कम्पनीले काम लगाउने र खाना बस्ने व्यावस्था गर्छु भनेर विस्वास दिलाए पनि काम नलगाएर अ लपत्र पारेकाे उनै सुनारले बताए । ८ महिना बित्दासम्म काम नलगाएकाे र दुई बर्ष कमाएको पैसा खानामै ठिक्क भएको सुनारले गुनासो गरे । ‘पटक पटक के काम लगा नभए घर जान दे’ भनेर भन्दासम्म कम्पनी निरीह बनेको उनले भनाइ छ ।

रेसङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले वैदेशिक राेजगारिमा जानुपुर्ब सीप सिकेर राम्रोसँग बुझेर मात्र जानुपर्ने बताए । तर, जानी नजानी अफ्ट्यारोमा फसेका नागरिकको लागि भने पालिकाले सरकारी संयन्त्रको प्रयोग गरेर सहयोग गर्ने उनको भनाइ छ ।

यता सामि कार्यक्रम परामर्शकर्ता शिव भण्डारीले अलपत्र परेको निवेदन आउना साथ वैदेशिक राेजगार विभागकाे सहयोगमा सुनारले काम गर्ने कम्पनीसंग समन्वय गरी उनलाई फिर्ता ल्याउँन सफल भएको बताएका छन।

सामिले वैदेशिक राेजगारीमा जानू पहिला पनि विदेश जानेलाई परामर्श दिने गर्दछ। अहिले विदेश लैजानि भनेर ठगिएका सत्यवति गाउँपालिका गुल्मीका वीर बहादुर कामिकाे ३ लाख ५० हजार ठगिएको पैसाकाे विषयमा पनि काम गरिरहेकाे उनै परामर्शकर्ता भण्डारीले बताए।

Awareness by SKF

उनले अहिले पनि ५ ओटा विदेश लैजान्छु भनेर ठगिएका निवेदन परेका छन। हालसम्म सामि कार्यक्रमले १२५० जनालाई परामर्श दिएको जनाएको छ। -सेतोमसीबाट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया