Smoking Causes Cancer

नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा रेसुंगाका अध्यक्ष पन्थी चयन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका छन्। भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरुको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो।

संघको भेलाले पन्थीको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको अध्यक्ष खिलध्वज पन्थीले बताए। भेलाले सबै नगरपालिकाको प्रतिनिधत्व हुने गरि समिति चयन गर्ने निति बनाएका छन्।

लुम्बिनी प्रदेशका १२ जिल्लामा १०९ स्थानीय तहमध्ये ४ उपमहानगर ३२ नगरपालिका गरि ३६ नगरहरु संघ अन्तरगत रहेका छन्। नवनिर्वाचित पन्थीले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए। लुम्बिनी प्रदेश अध्यक्ष बनेका पन्थी नेपाली काँग्रेस गुल्मीका सभापति समेत हुन्।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया