Salime Malika Krishi Farm

Awareness Campaign

व्यावसायीक बाख्रापालनले आत्मनिर्भर बन्दै गुल्मीको हर्मिचौरका किसान



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

कृष्ण अन्जान, गुल्मी: कालिगण्डकी करिडाेरले बिचैबाट छिचाेलेर गएकाे हर्मिचौरकाे सडक छेउँमै थानेश्वर पाण्डेकाे घर छ। उनी यसक्षेत्रका आशालाग्दा बाख्रा पालक किसान हुन।

हर्मिचौर पुग्दा पाण्डे आफुले पालेका बाख्राकाे स्याहारसुसारमा व्यस्त थिए। उनकाे अत्याधुनिक खाेरमा यतिबेला माउ, पाठा, पाठी गरि सत्रवटा खरि र बाेएर क्रसजातका बाख्रा छन।

थानेश्वर पाण्डे जस्तै हर्मिचौरमा धेरै किसान हरुले बाख्रा पाल्न थालेकाे धेरै वर्ष भईसकेकाे छ । हिले स्मार्ट बाख्रा पालन समिति बनाएर याे समितिमा करिब साठी घर समेटिएर यतिबेला व्यवसायीक बाख्रा पालन भईरहेकाे पाण्डेले बताए।

सिंचाई
Forest
Ad.

लुम्बिनी प्रदेश सरकारकाे कृषि तथा भुमिव्यवस्था मन्त्रालयबाट विनियोजित बजेटले याे क्षेत्रका बाख्रा पालक किसानहरुका लागि खाेर निर्माण, उन्नत जातका बाख्रा वितरण सँगै पानीकाे व्यवस्थापनका लागि एकहजार लिटरका निर्माण गरिएकाे छ।

गाउँभरि दुईचार वटा बाख्रा नपाल्ने त काेहि पनि छैन तर हर्मिचौर गाउँका धुर्वराज पाण्डे, देउमाया थापा, सुमित्रा पाण्डे, थानेश्वर पाण्डे ,तिलक बहादुर राना लगाएतका किसानहरु व्यावसायीक रुपमा बाख्रापालनमा लागेका किसान हुन।

हिले स्मार्ट बाख्रा पालन समितिले बाख्रा पालक किसानहरुलाई सँगठित त गरेकाे छ नै बेलाबेला उन्नत कृषि उपकरण हरुपनि अनुदानमा उपलब्ध गराएकाे छ।

याे वर्ष साठी घर बाख्रा पालक किसानहरुका लागि दाना पिस्ने मिल र घाँसकाट्ने मशिन चापकटर उपलब्ध गराएकाे हिले स्मार्ट बाख्रा पालन समितिका अध्यक्ष समेत रहेका बाख्रा पालक किसान थानेश्वर पाण्डेले जानकारी दिए।

Awareness by SKF

याे क्षेत्रमा पालिएका बाख्राका लागि प्राविधिक सेवा यस अघि जिल्ला भेटनेरी तथा पशु विकास कार्यलय पाल्पाले हेरेकाेमा यतिबेला प्राविधिक सेवा गुल्मीले दिनथालेकाे छ।

कालिगण्डकी करिडोरकाे निर्माण भएसँगै बाेका बाख्रा बेच्न पनि सजिलो भएकाे र गाउँबाट खरिद गरेर नजिकैका बजार पुर्तिघाट, अस्लेवा, मिर्मी, गल्याँगबाट गाउँमै आएर बाेकाे बाख्रा खरिद गर्ने गरेकाे बाख्रा पालक किसान हरुले बताए।

खेतिपातिका लागि पनि हर्मिचौर क्षेत्र अत्यन्तै उर्वर रहेकाे र पछिल्लो चरणमा बाख्रा पालनलाई पनि किसानहरूले व्यवसायीक रुपमा जाेडेपछि याे क्षेत्रका किसान हरु आत्मनिर्भर बनेकाे पाईएकाे छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया