Salime Malika Krishi Farm

Awareness Campaign

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मुसिकोटका ५ वटा विद्यालय छनौट



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मुसिकोट नगरपालिका भित्रका ५ वटा विद्यालय छनौटमा परेका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयका विवरणमा मुसिकोट नगरपालिका भित्र रहेका ५ वटा छनौटमा परेका हुन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरिएको छ। छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, र ल्याब जस्ता विषयहरु समेटिएका छन्।

सिंचाई
Forest
Ad.

यसरी छनौटमा परेका विद्यालयहरु मध्ये पेंगा निम्न माध्यमिक विद्यालय मुसिकोट न.पा ३ मा ४ कोठे भवन निर्माणका लागि ५० लाख, रुद्रावती प्रा.वि. मुसिकोट न.पा. २ मा २ कोठे भवन निर्माणकालािग रु.२५ लाख, पृथ्वी मा.वि. मुसिकोट न.पा. ३ मा ४ कोठा भवनका लागि ५० लाख विनियोजन गरिएको छ।

त्यस्तै सरस्वती निम्न माध्यमिक विद्यालय मुसिकोट न.पा. ९ र छत्र निम्न माध्यमिक विद्यालय मुसिकोट न.पा. १ गरी दुईवटै विद्यालयमा आईसीटी ल्याब स्थापनाका लागि समान ६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको मुसिकोट नगरपालिकाले जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका विद्यालयहरूको बजेट छिट्टै स्थानीय तह मार्फत निकासा हुने मन्त्रालयले जनाएको छ।

Awareness by SKF

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए। ‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया