Smoking Causes Cancer

पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काभ्रे: काभ्रेको बेथानचोक गाउँपालिका-४, चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो।

निरबहादुर र छोरी सावित्रीको घटनास्थमै मृत्यु भएको हो। आमा लालजुङको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।

सिंचाई
Forest
Ad.

राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया