Smoking Causes Cancer

बागलुङ-२ बाट प्रधानमन्त्री देउवापत्नी डा.आरजु राणा सिफारिस



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बागलुङ: नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नम्बर २ बाट प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा सहित १० जनाको नाम सिफरिस गरेर पठाएको छ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ को आज बसेको बैठकले डा. आरजु राण देउवा सहित नेपाली कांग्रेस सभापती जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवि प्रकाश भट्टचन, दोर्ण कुमार कुवर, नर बहादुर पुन निरज, राम प्रसाद आचार्य, डा. शान्तराज आचार्य र सिंह बहादुर राणाको नाम सिफरिस गरिएको बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती जोकलाल बुढाले जानकारी दिनुभयो।

बुढाका अनुसार बागलुङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस बलियो संगठन रहेको भन्दै गठबन्धमा भागबण्डा मिलाउदा उक्त क्षेत्र कांग्रेसले पाउनुपर्ने बताउनुभयो।

सिंचाई
Forest
Ad.

क्षेत्र नं १ मा पूर्वराज्यमन्त्री चम्पादेवी खड्का, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलसहित १० जना आकांक्षी सिफारिस भएका छन्। सिफारिस हुनेमा प्रकाश शर्मा पौडेल, जगदीश चन्द्र उपाध्याय, दिपेन्द्र थापा, डिल्लीराम सुवेदी, किरणराज पौडेल, भीम श्रीष, चिरन्जीवी गौतम र लक्ष्मीदेवी जिसी छन्। समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको क्षेत्रीय सहसचिव गणेशप्रसाद लम्सालले बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया