Salime Malika Krishi Farm

Awareness Campaign

चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको एकैसाथ स्वागत र बिदाई



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

महेश बोहरा, गुल्मी: गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतहरुको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ।

बुधबार फेरि भेटौला कार्यक्रमको आयोजना गरी गाउँपालिकाबाट बिदा भई जान लाग्नुभएका प्रशासकिय अधिकृत इन्द्र बहादुर क्षेत्रीलाई बिदाई तथा गाउँपालिकामा आउनुभएका नयाँ प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाललाई स्वागत गरिएको थियो । बिदाई कार्यक्रमसंगै गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

सिंचाई
Forest
Ad.

कार्यक्रममा स्वागत तथा बिदाई गदै गाउँपालिकाका अध्यक्ष युवराज केसीले सार्वजनिक क्षेत्रमा गरेको सेवा प्रवाहको प्रंशसा गर्नुभयो। साथै उहाँले नयाँ आउनुभएको प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाललाई जनताको मर्म अनुसार सेवा गर्न आग्रह गर्नुभयो। कार्यक्रममा अध्यक्ष केसीले चन्द्रकोट गाउँपाालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा रहेर गाउँपालिकाको कार्य सम्पादनमा राम्रो कार्य भन्दै पूर्व प्रमुख प्रशासकिय अधिकृत इन्द्र बहादुर क्षेत्रीलाई धन्यवाद व्यक्त गर्नुभयो।

साथै उहाँले आगमी कार्यकाल अझै फलदायीहोस् भनी शुभकामना व्यक्त गर्नुभयो। वर्तमान प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाललाइ स्वागत गर्दै अध्यक्ष्य केसीले कर्मचारीहरुले मुस्कान सहितको सेवा जनतालाई प्रवाह गर्न आग्रह गर्नुभएको छ। नागरिकहरुलाई मुस्कान सहितको सेवा प्रवाह गर्न सके स्थानीय सरकारलाई जनताले महशुस गर्ने उहाँको भनाई छ।

चन्द्रकोट गाउँपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत इन्द्र बहादुर क्षत्रीले आफ्नो चन्द्रकोट बसाईमा सम्झिन योग्य भएको दाबी गर्नुभयो। कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, वडाध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरुको सहभागीता रहेको थियो। प्रतिक खबर डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया