बुटवल: रूपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना हुँदा दिदीभाइको मृत्यु भएको छ।
ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाँणका अनुसार तिलोत्तमा–३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र उनका भाइ सात वर्षीय सुग्रीमको मृत्यु भएको हो।
आइतबार साँझ तिलोत्तमा नगरपालिका–६ गोरकटास्थित भित्री सडकमा लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल ठोक्किँदा उनीहरूको भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चार घाइते भएका छन्। उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







