Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको इस्मा गाउँपालिकामा माध्यमिक सम्मको निःशुल्क शिक्षा कार्यान्वयन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सूर्य सुनार, गुल्मी: गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले माध्यामिक शिक्षा निःशुल्क दिने निती तथा कार्यक्रम यसै आर्थिक वर्षबाट कार्यान्वयन गरेको छ। आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम तथा बजेट ल्याउँदा जिल्लाको इस्मा गाउँपालिकाले भने माध्यामिक शिक्षा निःशुल्क दिने व्यवस्था लिएको थियो।

सोही अनुसार गाउँपालिकाले नीति कार्यक्रममा भएको कुरालाई चासो दिइएर निःशुल्क शिक्षा कार्यान्वयन गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । कुनै शिक्षक बिदा वा बिरामी पर्दा स्वयमसेवक शिक्षक खटाउने, यसै वर्षबाट बिद्यालय मर्ज गर्ने हुँदा शिक्षकको समस्या गाउँपालिका भित्र नहुने खड्काको भनाई छ।

गाउँपालिका भित्र शिक्षकको अभाव खड्किएमा गाउँपालिकाले व्यवस्थापन गर्ने हुँदा निःशुल्क शिक्षालाई कार्यन्वय गरिएको इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले बताइन् । गाउँपालिकाले शिक्षक बैँक स्थापन गर्ने कुवँरले बताइन् । जसको लागि कार्यविधी बनाउने प्रक्रिया अगाडी बढेको उपाध्यक्ष कुवँरले भनाई छ । आगामी शैक्षिक सत्र देखि कक्षा ११ र १२ मा भर्ना निःशुल्क गर्नका लागी देखी नीति तथा कार्यक्रममा समावेश गर्ने गाउँपालिका उपाध्यक्ष कुवँरले बताइन्।

सिंचाई
Forest
Ad.

इस्मा गाउँपालिका भित्र सामुदायिक विद्यालय ४३ र ४ बालविकास केन्द्र रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख लालबहादुर कुवँरले जानकारी दिए । माध्यामिक विद्यालय ७ वटा, आधारभूत विद्यालय १० वटा, प्राथमिक विद्यालय २६ वटा र ४ बाल विकास गरी ४७ विद्यालय रहेको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाले यसै बर्ष देखि परिक्षा शुल्क, कक्षा ११ र १२ मा मासिक शुल्क र पाठ्य पुस्तक बापतको रकम गाउँपालिकाद्धारा निशुल्क गरिएको शिक्षा शाखा प्रमुख कुवँरले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया