Smoking Causes Cancer

एमाले गुल्मीका पुर्व अध्यक्ष र सचिवलाई पार्टीको हिसाब बुझाउन युवा संघको अल्टिमेटम



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल गुल्मी जिल्ला इन्चार्ज मोहन प्रसाद पाण्डेले पार्टिका निवर्तमान अध्यक्ष र सचिव संग पार्टीको हिसाबकिताब मागेका छन। सामाजिक संजालमा बिहिवार एकाबिहानै स्टाटस लेख्दै उनले आफ्नो कार्यकालको हिसाबकिताब बुझाउन भनेका हुन्।

नेकपा एमाले गुल्मी जिल्लाका निबर्तमान अध्यक्ष मधुकृष्ण पन्त र निवर्तमान सचिव सोमनाथ सापकोटाको नाम नै किटान गरेर उनले हिसाब किताब सार्वजनिक गर्न र त्यसो नगरे राष्ट्रिय युवा संघ हिसाब खोज्न घरमै आउने आसयको स्टाटस फेसबुकमा राखेका छन । युवा नेता पाण्डेले पार्टीले २९ गते जिल्लामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आउदा हिसाबकिताब लिएर आउन दिन नै तोकेर भनेका छन।

फेसबुकमा युवा संघ गुल्मीका इन्चार्ज पाण्डेले लेखेका छन “२९ गते हुने नेकपा एमाले काे जिल्ला काे प्रक्षियण कार्यक्रममा आउँदा भुपु अध्यक्ष मधुकृष्ण पन्थ र सचिव साेमनाथ सापकाेटाले आफ्नाे कार्यकालकाे हिसाब किताब गुल्मी जिल्लाका नेकपा एमालेका कार्यकर्ताले पूरा पाउनु पर्छ नभए युवा संघ हिसाब किताब लिन तपाईहरूकाे घर आउने छ। याे सबै नेकपा एमालेका कार्यकर्तालाई जानकारी दिनकाे लागि सामाजिक सन्जालमा पाेस्ट गरेकाे हाे।” सेतोमसी डटकमले यो खबर लेखेको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया