Salime Malika Krishi Farm

Awareness Campaign

जनपत्रकार सङ्गठन नेपाल, गुल्मीको संयाेजकमा खत्री चयन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

उमेश पछाई, गुल्मी: नेकपा निकट जनपत्रकार सङ्गठन नेपाल गुल्मीको तेस्राे पूर्ण बैठकले दिपेन्द्र खत्रीको अध्यक्षतामा ०९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।

जिल्ला सदरमुकाम तम्घासमा बिहिवार सम्पन्न जनपत्रकार सङ्गठनमा जनपत्रकार संगठन लुम्बिनी प्रदेश सह- सचिव क. बिहानिले प्रशिक्षण दिदै दलाल पुँजीवादी व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न जनपत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताईन्।

जनपक्षीय पत्रकारिता आवाजविहीनहरूको आवाज भएकाले युवा जनपत्रकारहरूले समाजमा दलाल सत्ताले आवाज बन्द गराएका श्रमिक, उत्पीडित समुदायको आवाज घन्काउनुपर्ने, समाजमा विद्यमान भ्रष्टाचार, शोषण, व्यभिचारको भण्डाफोर गर्नुपर्ने र वैज्ञानिक समाजवादका पक्षमा जनमत निर्माण गर्नुपर्ने दायित्व रहेको उनको भनाइ थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रमका प्रमुख अतिथि नेकपा गुल्मी सेक्रेटरी क. सुमन ले जनपत्रकारहरूले एकीकृत जनक्रान्तिका पक्षमा प्रचारप्रसार गर्नुपर्ने र क्रान्तिकारी शक्ति निर्माण गर्नुपर्ने बताए । जनपत्रकारिताको इतिहासको चर्चा गर्दै उनले हरेक आन्दोलनहरूमा जनपत्रकारहरूले ऐतिहासिक भूमिका निर्वाह गरेको पनि प्रस्ट पारे । मिसन पत्रकारितामा जनपत्रकार सङ्गठनले निर्वाह गरेको भूमिका उल्लेख्य रहेको भन्दै उनले उदयमान पुस्ताको उल्लेख्य सहभागिताले आन्दोलनमा ऊर्जा थपिएको धारणा राखे।

कार्यक्रममा अतिथि रहेका ने.क.पा निकट अखिल (क्रान्तिकारी ) गुल्मी संयाेजक राज खड्काले नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई दिँदै भने, ‘तपाईंहरूले देश, जनता र क्रान्तिका पक्षमा निर्वाह गरेको भूमिका नै तपाईंहरूको जिम्मेवारी र दायित्वबोधको कसी हो। एकीकृत जाक्रान्तिलाई केन्द्रमा राखेर पत्रकारिता गर्नुहोला।’ जनपत्रकारहरू एकीकृत जनक्रान्तिको सञ्चारसेना रहेको भन्दै खड्काले जनक्रान्तिका विरुद्ध षड्यन्त्र गर्ने र क्रान्तिमाथि घात गर्नेहरूका विरुद्ध जस्तोसुकै स्वरुपको संघर्षमा पनि भाग लिनुपर्ने बताए।

कार्यक्रमको अध्यक्षता गरेका जनपत्रकार सङ्गठन नवनिर्वाचित गुल्मी संयाेजक दिपेन्द्र खत्रीले दलाल पुँजीवादी सत्ताका सबै षड्यन्त्र, जालझेल र दमनलाई प्रतिरोध गर्दै सञ्चारकर्मीले देश र जनताका पक्षमा सूचना प्रवाह गर्नुपर्ने र संचार क्षेत्रकाे महत्त्व, भुमिका मिसन पत्रकारिता गर्दै संगठन लाई मज्बुद बनाउदै अगाडि लाने बताए।

जनपत्रकार संगठन लुम्बिनी प्रदेश सह- सचिव क. बिहानिकाे बिशिस्ट अतिथि, नेकपा गुल्मी सेक्रेटरी क. सुमनकाे प्रमुख अतिथि , ने.क.पा निकट अखिल (क्रान्तिकारी) गुल्मी संयाेजक राज खड्का अतिथि रहेकाे कार्यक्रमको सञ्चालन नवनिर्वाचित संयाेजक दिपेन्द्र खत्रीले गरेका थिए। बैठकमा जिल्लाका विभिन्न संचार क्षेत्रमा कार्यरत जनपत्रकारहरूको सहभागिता रहेको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया