Smoking Causes Cancer

एनसीसी बैंकको खुद नाफा २ अर्ब २ करोड रुपैयाँ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काठमाडौं: गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा एनसीसी बैंकको खुद नाफा ५१.९८ प्रतिशतले ले बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो।

बैंकको खुद ब्याज आम्दानी ३१ दशमलव ९३ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। सञ्चालन नाफा ३९.१७ प्रतिशतले ले बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

सिंचाई
Forest
Ad.

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८३ पैसाले बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा थियो। प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया