गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिका-२, हटियामा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय २६ वर्षीय लेक बहादुर पाल्पाली रहेका छन्।
हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६ प २०२० नम्बरको मोटरसाइकल आज दिउँसो साढे १२ बजे अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो।
दुर्घटनामा परी चालक पाल्पालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







