Salime Malika Krishi Farm

Awareness Campaign

रेसुङ्गाको नीति तथा कार्यक्रममा निर्वाचितले पराजित भएकासंग लिए सुझाव



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सूर्य सुनार, गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिकाले असार १० गते ल्याउने निती बजेट तथा कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय संग सुझाव लिएको छ। सोमबार रेसुङ्गा नगरपालिकाको सभाहलमा जिल्लाका राजनीतिक दल, पत्रकार, एवम विभिन्न कार्यालयका प्रतिनिधिको उपस्थितमा सुझाव संकलन गरेको हो।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले २०७९/८० को नीति बजेट तथा कार्यक्रमका बारेमा संक्षितमा जानकारी गराए।

नगरप्रमुख खिलध्वज पन्थीले आफु संग स्थानीय तह चुनाव २०७९ मा पराजय भएका नेकपा एमालेका नेता राजेन्द्र प्रसाद पाण्डेलाई समेत बोलाएर सुझाव लिए । त्यस्तै पूर्व नगरप्रमुख डिल्लीराज भुसाललाई पनि उक्त कार्यक्रममा सहभागिता गराइएको थियो । कार्यक्रममा नेकपा एमाले तथा अन्य राजनितिक दलका नेताहरुलाई बोलाएर सुझाव लिइएको हो । यसले गर्दा निति बजेट तथा कार्यक्रम राम्रो आउने उदेश्यले अरु संग भएका भिजनहरु पनि लिएर कार्यक्रम बनाइने हुँदा राम्रो हुने नगरप्रमुख पन्थीको भनाई छ।

सिंचाई
Forest
Ad.

नेकपा एमालेका नेता राजेन्द्रप्रसाद पाण्डेले नगरपालिकाले लिएका योजनाहरु राम्रो भएको प्रतिक्रिया दिए । नगरपालिकाको योजनाहरु राम्रो भए पनि केही कुराहरुलाई संशोधन गर्नुपर्ने र अन्य कुराहरु पनि जोड्न सुझाव दिए । रेसुङ्गा नगरपालिकाको कुनै पनि योजना बनाउँदा तथ्यमा आधारित बनाउन आग्रह गरे।

रेसुङ्गा नगरपालिकाका पूर्व नगरप्रमुख डिल्लीराज भुसालले आफनो नेतृत्वमा धेरै विकासका काम भएको दावी गरे। उनले भने “ हामी नगरपालिकामा निर्वाचित भएर आउँदा कुनै कानुन तथा संरचना थिएन अहिले नगरपालिकाका सबै वडामा आवश्यक संरचना पुगेको बताउनुभयो । रेसुङ्गा नगरपालिकामा ठूला योजनाहरु थालनी भएको र ति योजनाहरुलाई निरन्तरता दिन आग्रह समेत गरे । राजनितिक चुनावी मैदानमा हुने हुँदा नगरपालिकामा कुनै पनि भेदभाव नराख्न उनले नयाँ जनप्रतिनिधिहरुलाई सुझाव दिए।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले विकास गर्न एकता, सुझाव, र सहकार्य आवश्यक रहेको बताउनुभयो । उनले कुनै पनि कामलाई दिगो र गुणस्तर बनाउन सबैको सहयोग आवश्यक हुने बताउनुभयो । इञ्छा शक्ति भए जस्तो सुकै काम पनि सहज तरिकाले गर्न सकिने बताए । यसको लागि सबै भन्दा पहिला सकारात्मक सोच सबैको हुनुपर्ने उनको भनाई थियो । साथै रेसुङ्गा नगरपालिकाको पूर्व जनप्रतिनिधिले थालनी गरेका कामलाई निरन्तता दिने उहाँले बताउनुभयो । साथै सुझाव संकलन कार्यक्रममा कार्यक्रम राम्रो भनी प्रशंस गरेको प्रति सबैलाई नगरप्रमुख पन्थीले धन्यवाद दिए ।

प्रमुख प्रशासकिय अधिकृत मरासिनीले नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, कृषि, पर्यटन लगायतका विषयमा चासो दिइएर विशेष कार्यक्रम ल्याउने तयारी गरेको बताए ।

Awareness by SKF

कार्यक्रममा राजनितिक दलका प्रतिनिधी तथा विभिन्न निकायका प्रतिनिधिहरुले नगरपालिकाको निति बजेट तथा कार्यक्रममा कृषकका समस्याहरुलाई हेर्नुपर्ने, तम्घासको बजारक्षेत्र अव्यवस्थित भएको हुँदा त्यस तर्फ ध्यान दिनुपर्ने, चिदिचौर खेलमैदान व्यवस्थापन, भौतिक पूर्वाधारका काम गर्दा गुणस्तारलाई ख्याल गर्नुपर्ने, माध्यमिक शिक्षालाई निःशुल्क गराउनुपर्ने जस्ता सुझाव दिएका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया