Smoking Causes Cancer

रसुवागढी हाइड्रोले आइपीओ निष्कासन गर्ने, आवेदन दिने सबैले शेयर पाउने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काठमाडौं: रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (RHPL) ले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो।

रसुवागढी हाइड्रोपावरले जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँको १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ।

सिंचाई
Forest
Ad.

रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १० कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ पुग्नेछ।

रसुवागढी जलविद्युत आयोजनाको क्षमता १११ मेगावाट छ। आयोजना रसुवा जिल्लाको गोसाइकुण्ड गाँउपालिका साविकको थुमन र टिमुरे गाविसमा रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। आर्थिक संदेश डटकमले यो खबर प्रकाशित गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया