सागर भण्डारी, बाग्लुङ: बाग्लुङको बडिगाड गाउँपालिकाका राजन पाईजा सम्मानित हुनुभएको छ। बडिगाड गाउँपालिका वडा नं ५ स्थायी घर भएका पाईजालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सम्मान गरेको हो।
पाईजालाई ग्रामीण क्षेत्रमा कोरोना महामारीको समयमा खेलेको भुमिका र खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको मदन भण्डारी खेलकुद ऐकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिनुभयो।
पाईजालाई पूर्व खेलकुद, उपप्रधान, उर्जा तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गर्नुभएको हो।
सम्मानित हुनुभएका पाईजा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाका छोरा हुनुहुन्छ। बडिगाड डोजोका अध्यक्ष समेत रहनुभएका उहाँले कोभिड महामारीको समयमा सक्रंमित र आईसोलेसन व्यवस्थापन, शव व्यवस्थापन तथा कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुसगैं फ्रन्ट लाईनमा खटिएर काम गर्नुभएको थियो । त्यतिबेला उहाँको निकै प्रशसां भएको थियो।

राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको रुपमा परिचित पाईजा करातेका खेलाडी समेत हुनुहुन्छ। विभिन्न सघंसंस्थामा आबद्ध रहेका उहाँले हाल बडिगाड गाउँपालिकामा बडिगाड कराते डोजो नामक संस्था खोलि यस क्षेत्रका स्थानीयलाई कराते खेल सिकाउनुहुन्छ।
त्यस्तै खेलाडी तथा प्रशिक्षक संघ बाग्लुङको जिल्ला अध्यक्ष र खेलकुद महासघं केन्द्रीय सचिवालय सदस्य समेत रहेका पाईजा पछिल्लो समय भने सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ। गाउँमा आईपर्ने हरेक विपत्तिमा अगाडी सरेर काम गर्ने पाईजाले ग्रामीण खेलकुदको विकास र गाउँमा समाजसेवीको रुपमा अग्रसर हुनुहुन्छ।
बडिगाड अनलाईनसंग कुराकानी गर्दै पाईजाले यो सम्मानले आफुलाई अझै ठुलो जिम्मेवारी सुम्पेको बताउनुभयो। उहाँले सम्मान गर्ने मदन भण्डारी खेलकुद एकेडेमी प्रति आभार व्यक्त गर्दै सामाजिक काममा अझै सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










