Smoking Causes Cancer

ओली र रावलबीच अध्यक्षमा प्रतिस्पर्धा हुँदै, यस्तो छ चुनावी तालिका



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुने भएको छ। अध्यक्ष केपी ओलीले सर्वसम्मतबाटै नयाँ पदाधिकारीको टुंगो लगाउने चाहे पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल चुनावमा उत्रिने भएका हुन्।

ओलीले आइतबार राति आफ्नो नेतृत्वमा २९ पदाधिकारीको नाम घोषणा गरेका थिए। तर, यसअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले र पदाधिकारीमा नसमेटिएका भुसालले उपाध्यक्षमा चुनाव लड्ने बताइरहेका छन। एमाले निर्वाचन अयोगले आज बिहानका लागि चुनावको कार्यक्रम तय गरेको छ। आज बिहान ८ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ।

एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार बिहान साढे १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने बिहान पौने ११ भित्र उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। बिहान १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुने कार्यतालिका छ।

सिंचाई
Forest
Ad.

बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ भने १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। आज साँझ ९ बजेदेखि मतदान सुरु हुने कार्यतालिका तय भएको छ। मतदानको समय मंगलबार बिहान ३ बजेसम्म तय भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया