Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा कांग्रेसको जिल्ला सभापतिको मतदान रोकियो अन्तिम चरणमा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाली कांग्रेसको गुल्मी जिल्ला सभापतिका लागि भएको मतदान रोकिएको छ। शुक्रबार सुरु भएको अधिवेशनमा सभापतिका लागि खिलध्वज पन्थी र वेदबहादुर थापा मगर उम्मेदवार छन्।

जिल्ला सभापतिको उम्मेदवारमा आकांक्षीको रुपमा उभिएका पन्थी पौडेल पक्ष र थापा देउवा पक्षधर नेता हुन्। एक स्थानीय तहको मतदान चलिरहेका बेला केही मतपत्रमा संकेत गरेको भेटिएको भन्दै विवाद भएपछि मतदान स्थगित गरिएको हो।

रोकिएको मतदान सुरु गर्ने विषयमा छलफल गर्न उम्मेदवारसहितको बैठक बोलाइएको कांग्रेसको जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए। सभापति चयनका लागि शनिबार बिहान मतदान सुरु भएको थियो।

सिंचाई
Forest
Ad.

दुई जना जिल्ला उपसभापतिका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ। जसमा अनन्तराम पौडेल, शिबबहादुर खत्री, झबिन्द्र विश्वकर्मा, सुर्दशन खनाल र विष्णुकुमारी सापकोटाबीच प्रतिस्पर्धा भएको छ।

दुई जना जिल्ला सचिव पदका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ। सचिवमा पृथ्वीबहादुर फौजदार, जगदिस भट्टराई, भगतसिंह खड्का, थम्मनबहादुर केसी र पूर्ण केसीले उम्मेदवारी दिएका छन्। दुईजना सहसचिव पदका लागि ४ जनाबीच प्रतिस्पर्धा भएको छ। धर्मराज पाण्डे, रेशम कुँवर, छविलाल पाण्डे र निरज मरासिनीले सहसचिवमा उम्मेदवारी दिएका छन्।

जिल्ला सदस्य पदमा ५० जना भन्दा बढीले उम्मेदवारी दिएका छन्। जिल्ला कार्यसमितिमा ७ पदाधिकारीसहित ४५ सदस्यीय हुनेछ। यो खबर अनलाइन खबर डटकममा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया