Salime Malika Krishi Farm

Awareness Campaign

नेपाली कांग्रेसमा नयाँ नेतृत्वको आवश्यकता: डा. भण्डारी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले काँग्रेसमा नयाँ नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ।

पार्टीको १४ औँ गुल्मी जिल्ला अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै नेता भण्डारीले आफुहरुले मध्यमार्गी बाटो अपनाएर नयाँ नेतृत्व चयन गरेको बताउनुभएको हो। काँग्रेसले पार्टीमा योगदान गरेका सबैलाई सम्मान गर्दै नयाँ नेतृत्व चयन गरेमा सबैको हीत हुनेमा उहाँले जोड दिनुभयो।

नारायणी नदिमा एमालेले तडकभडक गरेर फेन्सी पसलजस्तो भएकोले काँग्रेसले त्यसो गर्न नहुने भण्डारीको भनाई छ। नेपाली राजनीतिमा एमालेले धेरै विकृति ल्याएकोले त्यसलाई न्यूनिकरण गर्न काँग्रेसले भूमिका खेल्नुपर्नेमा भण्डारीले जोड दिनुभयो। अहिले देशका कुरा उठाउने ठाउँ संसद एमालेले बन्द गरेको तथा जनताका कुरा उठाउने अदालत पनि लगभग बन्द जस्तै रहेको अवस्थामा त्यसको उचित निकास निकाल्नुपर्ने पनि नेता भण्डारीले बताउनुभयो।

सिंचाई
Forest
Ad.

काँग्रेसको खुल्ला सत्र पछि लगत्तै बन्द सत्र सुरु हुनेछ। नयाँ नेतृत्वका लागि हुने अधिवेशनमा सभापतिका दुईजना उम्मेद्वार छन्। प्रधानमन्त्री देउवा लाइनबाट कालिगण्डकी गाउँपालिकाका अध्यक्ष समेत रहेका वेद बहादुर थापा मगर सभापतिका उम्मेद्वार हुनुहुन्छ भने पौडेल लाइनबाट पार्टी सचिव खिलध्वज पन्थी उम्मेद्वार हुनुहुन्छ। खबरमार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया