Salime Malika Krishi Farm

Awareness Campaign

सुगम बन्दै दुर्गम: गुल्मीको शान्तिपुरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिका-४, शान्तिपुरमा सि एन्ड सी स्वास्थ्य सेवा प्रालि संचालनमा आएको छ। स्वास्थ्य सेवा प्रालिको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्घाटन गरे।

सोही क्रममा बोल्दै मन्त्री थारुले आजका दिनदेखि नै यो अस्पतालले नागरिकमा भर्ने आशा र विश्वासनै सस्थाको भोलिको जीवन र व्यावसायिक सफलता भएको बताए। अहिलेसम्म तिनै तहका सरकारले पुर्वाधार निर्माण संगै स्वास्थ्यका क्षेत्रमा विभिन्न काम गरिरहेकाले अब निःशुल्क र सर्वसुलभ भनिएका सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए। उनले निजी सामुदायिक र सरकारी अस्पतालहरुको साझेदारीमा विकटलाई निकट बनाउनुनै आफुहरुको उद्देश्य भएकाले संगै मिलेर काम गर्न आग्रह गरे।

त्यस्तै पुर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले नागरिकको आधारभुत स्वास्थ्य सेवाको सुविधालाई थप मजबुत गर्न निजि र सामुदायिक स्वास्थ्य संस्थालाई प्रदेश सरकारले हतोत्साहित नगरेर सधैँ प्रोत्साहन गर्ने बताए। साथै उनले स्वास्थ्य सस्था अरु व्यावसाय जस्तो नभएकाले नेपाल सरकारको अधिनमा रहेर सेवालाई थप नागरिकमैत्री बनाउन आग्रह गरे।

सिंचाई
Forest
Ad.

त्यस्तै चन्द्रकोट गाउँपालिमा उपप्रमुख राधिका अर्यालले स्वास्थ्य सेवा प्रालि र स्थानीय तहबिचको समन्वय मार्फत स्थानीय जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने बताइन्। उनले युवा उधमीहरुले चन्द्रकोट र बाग्लुङका नागरिकको भावनालाई बुझेर संचालन गरेको स्वास्थ्य सेवा प्रालिले सामान्य रोगको परिक्षण र एक्सरे गर्न पाल्पा बुटवल पुग्ने बाध्यता हट्ने विश्वास व्यक्त गरिन।

ग्रामिण भेगका नागरिकलाई सर्वसुलभ स्वास्थ सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य सेवा प्रालि संचालन गरिएको सस्थाका अध्यक्ष होम बहादुर पल्लीले जानकारी दिए। अझै पनि ग्रामीण भेगका नागरिक विभिन्न अन्धविश्वासको कारण रोग लुकाएर र रोगको पहिचान नभएर ज्यान गुमाउँदै आएको सन्दर्भ उल्लेख गर्दै त्यसको विकल्पको रुपमा सि एन्ड सि स्थापना भएको पल्लीले बताए।

स्वास्थ्य सेवा प्रालिले २४ सै घन्टा डाक्टरबसहितको इमर्जेन्सी सेवा, डिजिटल एक्सरे र अत्याधुनिक प्रयोगशालासहितको सेवा प्रदान प्रदान गरिने सस्थाका सचिव घनश्याम गौतमले जानकारी दिए। कार्यक्रममा स्थापनाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य सेवा प्रदान गर्ने डाक्टर हरि प्रसाद पन्थी, डा. रमेश अर्याल, डा. शम्भु खनाल, डा. सुमित झालाई सम्मान गरिएको थियो।

सि एन्ड सि स्वास्थ्य सेवा प्रालिले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। आगामी दिनमा समेत विभिन्न रोगका विशेषज्ञसहितको स्वास्थ्य शिविर आयोजना गरिने संस्थाका सचिव गौतमले बताए। खबरमार्केट डटकममा यो खबर छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया