Smoking Causes Cancer

बागलुङको ढोरपाटन नगरपालिकाबाट भ्रष्टाचार विरोधी अभियान सुरु गर्ने विप्लवको भनाई



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

बागलुङ: नेपाल कम्प्युनिष्ट पार्टी विप्लव नेतृत्वले बागलुङमा भ्रष्टाचार विरोधी अभियान चलाउने भएको छ। उक्त पार्टीका जिल्ला इन्चार्ज धु्रव घिमिरेले अभियानका लागि सबै दलसँग छलफल चलाइरहेको जानकारी दिनुभएको छ।

घिमिरेले सरकारी, सामाजिक र जनप्रतिनिधि तहमा भएका अनियमितताको भण्डाफोर समेत गर्ने बताउनुभयो। यो अभियानको सुरुआती चरणमा ढोरपाटन नगरपालिका भित्रको अनियमितता विरुद्ध काम थालिसकेको उहाँले दाबी गर्नुभएको छ।

पछिल्लो समय जिल्लाको ढोरपाटन नगरपालिकामा ब्यापक भष्टचार भएको भन्ने गुनासो बढे्को छ। ‘सबै दल मिलेर हामीले अनियमितता र भ्रष्टाचारको विरोध गरेका छौं,’ उहाँले भन्नुभयो,‘अब तथ्यगत रुपमा पनि प्रमाणहरु खोज्दैछौं।’

सिंचाई
Forest
Ad.

संसदीय व्यवस्थाको कमजोरी भनेकै भ्रष्ट्राचारको संस्थागत हुने अवस्था भएको भन्दै संसदीय राजनीतिको विकल्पको रुपमा समाजवादी राजनीति स्थापना गर्ने अभियानमा लाग्ने समेत उहाँले बताउनुभयो। जिल्लामा क्रियाशिल दलले भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्ने सैद्धान्तिक सहमति दिए पनि व्यवहारिक रुपमा भने तयार नभएको सेक्रेटरी छम सेनले बताउनुभयो।

‘जनचेतनाको काम भने गरिरहे पनि दलहरु अनियमितता भएको स्थानमा हस्तक्षेप गर्न मानेका छैनन’ सेनले भन्नुभयो, ‘नागरिक समाज र जनवर्गीय संगठनको सहकार्य मार्फत प्रमाणहरु खोजी भइरहेको छ।’ संसदीय व्यवस्थापनमा दलाली बढेको भन्दै समाजवादी शासन ल्याउन गोलमेच सम्मेलन मार्फत नयाँ शासनमा जानुपर्ने उहाँले धारणा राख्नुभयो।

भ्रष्टाचार विरोधी अभियानमा यसअघि विप्लव नेतृत्वको नेकपाले भौतिक कारवाही गर्दै आएको थियो। खुला राजनीतिमा आएकोले अब भने सार्वजनिक गरेर जनताले कारवाही गर्ने अवस्थामा पुर्याउने ठहर गरेको सेनले जानकारी दिनुभयो। चन्दले थालेको अभियान पनि सुशासनयुक्त नेपाल भएको उहाँले बताउनुभयो। ढोरपाटन न्युजबाट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया