गुल्मी: नेकपा एमाले मुसिकोट नगर कमिटीको प्रथम पूर्ण बैठक गुल्मीको वामीटक्सारमा सम्पन्न भएको छ।
कार्तिक ९ गते वामीटक्सार स्थित रुद्रावती बहुमुखी क्याम्पसमा सम्पन्न प्रथम नगर अधिवेशनबाट निर्वाचित नगर कमिटीको बैठकले नगरभित्र नेकपा एमालेको संगठन लाई सुदृढ बनाउँदै अगाडी लैजानको लागि विविध निर्णयहरु गरेको छ।
बैठकले नगर पार्टीको कामलाई व्यवस्थित गर्नको लागि १३ सदस्यिय नगर पार्टी सचिवालयको गठन गरेको छ। नगर पार्टीका पदाधिकारीहरु सहित नगर कमिटीका सदस्यहरु मध्येबाट सचिवालयमा रामकृष्ण कंडेल, नारायण सापकोटा, राम बहादुर बोहोरा, हरिहर सापकोटा, खड्क बहादुर खड्का, महेन्द्र घिमिरे, जुद्ध बहादुर वि.क, सत्या जी.सीलाई थप गरिएको हो।
नगर कमिटीका उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा पार्टीको १ वर्षीय कार्ययोजना तथा बैठक संचालन सम्बन्धी आचारसंहिता निर्माण गर्नको लागि ७ सदस्यिय उपसमिति गठन गरेको छ।
उपसमितिका सदस्यहरुमा बोमबहादुर छन्तेल, रामकृष्ण कंडेल, शंकर रायमाझी, सत्या जी.सी, गोविन्द खरेल र चुराबहादुर पछाई रहनु भएको छ।
बैठकमा नेकपा एमाले गुल्मी जिल्ला पार्टी सचिव तथा मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटा, नगर पार्टी इन्चार्ज जीवन खरेल,बएमाले जिल्ला नेता तथा मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्मा, जिल्ला कमिटी सदस्य सीता भुसाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
आजको पूर्ण बैठकमा कार्तिक ९ गते प्रथम अधिवेशनको बन्द सत्रमा शपथ ग्रहणमा छुट भएका नगर कमिटी सदस्यहरूको शपथ ग्रहण तथा उहाँहरुलाई प्रमाण-पत्र वितरण समेत गरिएको थियो।
बैठकको अध्यक्षता नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेको रहेको थियो साथै सञ्चालन सचिव गोपीकृष्ण खरेलले गर्नुभएको थियो।
बैठकको समापन पश्चात आजै नेकपा एमाले मुसिकोटले आफ्नो वामी टक्सारमा उद्घाटन गरेको छ। मुसिकोट नगरपालिका वडा नम्बर ७ बसपार्क नजिक हरिहर सापकोटाको घरमा नगर कमिटीको कार्यालय रहने गरी उद्घाटन गरिएको हो।
कार्यालय उद्घाटन समारोहमा नेकपा एमालेका जिल्ला, नगर तथा वडा स्तरीय नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |