Clean Water Campaign

Awareness Campaign

बागलुङ बडिगाडका शंकर खोलाको किनारामा मृत भेटिए



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बडिगाड गाउँपालिका-९ बस्ने २८ वर्षीय शंकर परियार सोही गाउँपालिका-६ स्थित बडिगाड खोलाको किनारमा बुधबार मृत फेला परेका छन्।

कात्तिक ९ गते पूर्णिमा मेला बुर्तिबाङ हेरी घर फर्कने क्रममा ढोरपाटन-२, सिमलचौर देखि मालारानी जाने गोरेटो बाटोको भिरबाट खसेर बडिगाड खोलामा परी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त खोलाको किनारामा उनको शव फेला पारेको हो।

काठमाडौं, तारकेश्वर नगरपालिका-५, गोलढुङ्गा नाखनटोल बस्ने ४९ वर्षीय लक्ष्मण नगरकोटी बुधबार मृत अवस्थामा फेला परेका छन्। सोही ठाउँस्थित धान उठाउन गएकोमा राती घर नआएपछि खोजी गर्ने क्रममा सोही ठाउँमा उनको शव फेला परेको हो।

सिंचाई
Forest
Ad.

मोरङ, रतुवामाई नगरपालिका-९, तिलबारीस्थित टालीभट्टाबाट सुगाचोक जाने भित्री बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीया मरामहिम हस्दा बुधबार मृत अवस्थामा फेला परकी छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया