Clean Water Campaign

Awareness Campaign

गुल्मीमा चराउन लगेका ८ वटा बाख्रा हराए, चोरी भएको आशंका



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा चराउन लगेका ८ वटा बाख्रा हराएका छन्। जिल्लाकाे मालिका गाउँपालिका-५, छापहिलेका रहेको छापहिले व्यावसायिक बाख्रा पालन फर्मका ८ वटा बाख्रा साेमबार दिउँसो हराएको फर्मका सञ्चालक नर बहादुर महताराले बताए।

छिमेकी धन बहादुर महतराले चराउन लगेको समयमा बाख्रा हराएका हुन्। साेमबार दिउँसो साेही ठाउँकै पन्लापाटा भन्ने स्थानमा चराउन लगेको समयमा चराउन लगेका ४९ वटा बाख्रा मध्ये ८ वटा बाख्रा हराएको फर्म संचालक महताराले बताए। खाेजी कार्य गर्दा बुधबार दिउँसोसम्म फेला नपरेकोले चाेरी भएको हुन सक्ने बाख्राधनीकाे अनुमान रहेको छ।

प्रति बाख्रा करिब ७ देखि ८ हजार सम्म मुल्य पर्ने ८ वटा बाख्रा हराउँदा ५६ देखि ६४ हजार बराबरको क्षति भएको बाख्रा फर्मले जनाएको छ। चराउन लगिएको क्षेत्रमा खाेजी कार्य गर्दा बाख्राहरुकाे बन्यजन्तुकाे आक्रमणबाट मरेको हुन सक्ने विषयमा रगत, राैँ, खुट्टा र कुनै अवशेष फेला नपरेकाेले मान्छेले चाेरेकै हुन सक्ने स्थानीय तथा बाख्राधनीकाे आशंका रहेको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया