काठमाडौं: सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ आज (मङ्गलबार) बिहान ८:३० बजे बाँडफाँड हुने भएको छ। निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाे कार्यालयमा बिहान ८:३० बजे हुनेछ।
कम्पनीकाे आईपीओमा अन्तिम दिन सम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकहरूले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए। याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ३९.६७ गुणा धेरै हो।
गाेलाप्रथाबाट बाँडफाँड गर्दा ६७ हजार ८ सय ९० जना आवेदकहरूले मात्रै १० कित्ता सेयर प्राप्त गर्नेछन्। बाँकी करिब २२ लाख आवेदकहरूकाे भने हात खाली हुनेछ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे। सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि आवेदन दिन पाउथे।
यो पटक प्रबन्धकको वेबसाइटबाट छिटो नतिजा सार्वजनिक गर्ने तयारी रहेको स्रोतले जनाएको छ। नतिजाको लागि यहाँ जान सक्नुहुने छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






