Clean Water Campaign

Awareness Campaign

सुँगुरको मिर्गौलाको मानिसमा सफल प्रत्यारोपण



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सुँगुरको मिर्गौलाको जाँच गर्दै शल्यक्रिया गर्ने चिकित्सक टोली | तस्विर: एनवाईयू ल्याङगोन मेडिकल अस्पताल

एजेन्सी: सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू ल्याङ्गोन हेल्थमा गरिएको शल्यक्रिया सफल भएको हो।

‘ब्रेन डेड’ भएकी एक महिलामा ५४ घण्टाको प्रयासमा मिर्गौला प्रत्यारोपण गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ। प्रत्यारोपण गरिएको सो मिर्गौलाले सामान्य रूपमा काम गरिरहेको शल्यक्रियाको नेतृत्व गरेका डा. रोबर्ट मोन्टगोमेरीले बताएका छन्। उनले मिर्गौलाबाट अपेक्षाकृत पिसाब बनाएको रोयटर्सलाई बताएका छन्।

सिंचाई
Forest
Ad.

यो सफलता चिकित्सा विज्ञानमा कोसेढुङ्गा साबित हुन सक्ने बताइएको छ। यसले अङ्ग प्रत्यारोपणमा अङ्ग अभावलाई पूर्ति गर्ने विश्वास लिइएको छ।

यद्यपि यो चिकित्सा विज्ञानमा राम्रो सफलता भएपनि कतिपयले भने नैतिकताको प्रश्न पनि उठाएका छन्। अन्नपूर्ण पोष्ट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया