Smoking Causes Cancer

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो, सडक अवरुद्ध



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: कालीगण्डकी करिडोर सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ।

कालीगण्डकी गाउँपालिकाको-२, अर्बेनीको राक्से बौदीखोलामा सडक माथिबाट सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

शुक्रबार बिहान करिब ९ बजेतिर पहिरो खसेर सडक अवरुद्ध हुँदा त्यस क्षेत्रमा सवारीहरु आवत रोकिएका छन्। दशैँको दिन टीका लगाउन जाने र आउने बिच बाटोमै रोकिएका छन्।

सिंचाई
Forest
Ad.

पहिरोले खानेपानीको पाइप पनि बगाएको छ। सडक खुलाउन समय लागे राक्सेवासीलाई खानेपानीको समस्या आउन सक्ने छ।

यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सडक खुलाउनका लागि डोजर पठाउने तयारी भइरहेको बताएका छन्। टीकाको दिन भएकाले डोजर अपरेटरहरु पनि नभएकाले समस्या भएको थापाले बताएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया