ओकाठमाडौं । काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकखण्डमा कारको ठक्करबाट स्कुटरमा पछाडि सवार २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ) को मृत्यु भएको छ।
प्रहरीका अनुसार आज दिउँसो १४:२० बजे नारायणगोपाल चोकबाट सामाखुसीतर्फ जाँदै गरेको बा.प्र.०१–०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको बा.प्र.०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
.कार जिल्ला धादिङ घर भई हाल काठमाडौंको बालुवाटार बस्ने अन्दाजी ४२ वर्षीया शान्ताकुमारी तामाङले चलाएकी थिइन्। स्कुटर भने जिल्ला दोलखा घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने अन्दाजी २४ वर्षीय सोमबहादुर धामीले चलाएका थिए।
दुर्घटनामा स्कुटरको पछाडि सवार जिल्ला दोलखा घर भई हाल काठमाडौं महानगरपालिका–३ बस्ने अन्दाजी २७ वर्षीया ङबुदि शेर्पा घाइते भएकी थिइन्।
उनलाई तत्काल उपचारका लागि बसुन्धारास्थित ग्रिनसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो १५:१७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
स्कुटर चालक सोमबहादुर धामी सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कार चालक शान्ताकुमारी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुवै सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा राखिएका छन्। कारलाई दिउँसो १६:०० बजे नेपाल प्रहरी प्रतिकार्य तथा तालिम केन्द्रमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- ….
पोस्ट मिति : २२; कात्तिक २०८३
समय बेलुकी ६ बजे
…..
ओझेलका खबर — खबर भित्रको खबर
…..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









