सारांश
* गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्सेमा सुख्खा पहिरो खसेको छ।
* पहिरोका कारण कालिगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।
* प्रहरीको टोली घटनास्थलमा पुगेर जेसीबीमार्फत सडक खुलाउने काममा खटिएको छ।
तम्घास । गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्सेमा सुख्खा पहिरो खस्दा कालिगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।
आज बिहान करिब ७ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको कमान्डमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी बिरेन्द्र बिश्वकर्माका अनुसार हाल जेसीबीको सहायताले पहिरो हटाई सडक खुलाउने काम भइरहेको छ। उक्त स्थान प्रहरी चौकी पुर्तिघाटबाट करिब ७ किलोमिटर पश्चिममा पर्दछ।
..……..
पोस्ट मिति : २० कार्तिक ०८३
समय : बिहान १०.१५
……..
ओझेलका खबर — खबर भित्रको खबर
………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






