Smoking Causes Cancer

ठगी तथा लुटपाट गर्ने  गिरोह  द्वारा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा



ओझेलका खबर
१ घण्टा अगाडि


Place for ads

मुख्य तथ्य
* काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा घटना।
* प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि गोली प्रहार।
* सुजन तामाङको घुँडामुनि गोली लागेको।
* सस्तोमा डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गरेको * * प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ।

काठमाडौं। प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेर डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोप लागेका एक जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा बिहीबार साँझ करिब पौने ७ बजे प्रहरीले गोली प्रहार गरी सुजन तामाङलाई नियन्त्रणमा लिएको हो।

सिंचाई
Forest
Ad.

प्रारम्भिक अनुसन्धानअनुसार तामाङले सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा तामाङले प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि गोली चलाइएको बताइएको छ। गोली लागेर उनको घुँडामुनि चोट लागेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

………

पोस्ट मिति : २० कात्तिक २०८३
समय : २२.१० बजे 
ओझेलका खबर — खबर भित्रको खबर

Awareness by SKF

……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

 

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो