Smoking Causes Cancer

जापानमा नेपाली युवतीको हत्या प्रकरण : मुख्य अभियुक्तविरुद्ध मुद्दा, अन्य दुई जनालाई अभियोज्न नगर्ने 



ओझेलका खबर
१२ घण्टा अगाडि


Place for ads

 
सारांस 
* जापानको फुकुओकामा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको हत्या भएको घटनामा तीन नेपाली पक्राउ परेका थिए।
* मृतक लक्ष्मी झापाको भद्रपुर नगरपालिका–७, अञ्जनी मोडकी हुन्।
* २८ वर्षीया सन्जु तामाङविरुद्ध हत्या अभियोगमा मुद्दा दायर।
* २५ वर्षीया अस्मिता तामाङ र २२ वर्षीय प्रवीण लामाविरुद्ध मुद्दा नचलाउने निर्णय।

– जापानको फुकुओका सहरमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको हत्या प्रकरणमा पक्राउ परेका तीन नेपालीमध्ये मुख्य अभियुक्तविरुद्ध हत्या अभियोगमा मुद्दा दायर भएको छ भने अन्य दुई जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको छ।

जापानी सञ्चारमाध्यम तथा नेपाली सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार मृतक २५ वर्षीया लक्ष्मी राजवंशी नेपालको झापा जिल्ला, भद्रपुर नगरपालिका–७, अञ्जनी मोडकी हुन्। उनी सन् २०२३ मे महिनामा अध्ययनका लागि जापान पुगेकी थिइन्।

सिंचाई
Forest
Ad.

गत अगस्ट १९ अर्थात् २०८३ भदौ ३ गते जापानको फुकुओका सहरस्थित नाकागावा नदीमा उनको शव फेला परेको थियो। अनुसन्धानका क्रममा अगस्ट १८ गते राति आफ्नै निवासमा उनीमाथि आक्रमण भएको र त्यसपछि बाल्कोनीबाट नदीमा खसालिएको अभियोगपत्रमा उल्लेख छ।

घटनाको अनुसन्धानका क्रममा जापानी प्रहरीले तीन नेपाली नागरिकलाई पक्राउ गरेको थियो।पक्राउ पर्नेमा २८ वर्षीया सन्जु तामाङ, २५ वर्षीया अस्मिता तामाङ र २२ वर्षीय प्रवीण लामा रहेका थिए।

जापानी सञ्चारमाध्यमका अनुसार सन्जु तामाङ फुकुओका सहरको हाकाता वार्डस्थित योसिजुका क्षेत्रमा बसोबास गर्दै आएका व्यावसायिक विद्यालयकी विद्यार्थी हुन्। अस्मिता तामाङ र प्रवीण लामा भने जापानको सागा प्रिफेक्चरस्थित तोसु सहरमा बसोबास गर्दै आएका थिए।

नेपालका सञ्चारमाध्यमले पक्राउ परेकी अस्मिता तामाङ र प्रवीण लामाको नेपालको स्थायी ठेगाना भने स्पष्ट खुलाएका छैनन्। फुकुओका जिल्ला सरकारी वकिलको कार्यालयले सेप्टेम्बर २९ अर्थात् असोज १३ गते सन्जु तामाङविरुद्ध हत्या अभियोगमा अदालतमा मुद्दा दायर गरेको थियो। अन्य दुई जनालाई भने त्यही दिन तत्काल अभियोजन नगरी हिरासतबाट रिहा गरिएको थियो।

Awareness by SKF

पछिल्लो पटक जापानको फुकुओका जिल्ला सरकारी वकिलको कार्यालयले अक्टोबर २९ अर्थात् कात्तिक १३ गतेदेखि लागू हुने गरी २२ वर्षीय प्रवीण लामा र २५ वर्षीया अस्मिता तामाङविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो। उक्त निर्णयसम्बन्धी विवरण जापानी सञ्चारमाध्यमले नोभेम्बर ५ मा सार्वजनिक गरेका छन्।

जापानको फुकुओका प्रसारण संस्था KFB का अनुसार सरकारी वकिलको कार्यालयले घटनाको वास्तविक कार्यान्वयनमा मुख्य अभियुक्त सान्जु तामाङ मात्र संलग्न रहेको र अन्य दुई जनाको उनीसँग मिलेमतो थियो वा थिएन भन्ने विषयमा प्रमाण अध्ययन गरेपछि अभियोजन नगर्ने निर्णय गरेको जनाएको छ।

अभियोगपत्रमा उल्लेख भएअनुसार सन्जु तामाङ लक्ष्मीको टाउकोमा खाना पकाउने भाँडोले पटक–पटक प्रहार गरेको, घाँटीमा डोरीले कसेको र पछि बाल्कोनीबाट नदीमा खसालेको आरोप लगाइएको छ। नदीमा डुबेर लक्ष्मीको मृत्यु भएको अभियोगपत्रमा उल्लेख छ।

घटनाको पृष्ठभूमिमा एउटै पुरुषसँग जोडिएको प्रेम सम्बन्धसम्बन्धी विवाद रहेको हुनसक्ने अनुसन्धानका क्रममा जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर घटनाको वास्तविक कारण र अभियुक्तको दोषबारे अन्तिम निर्णय अदालतबाट हुन बाँकी छ।

जापानी सञ्चारमाध्यमले मुख्य अभियुक्तको नाम जापानी लिपिमा उल्लेख गरेका छन्। तर नेपाली उच्चारण तथा आधिकारिक पहिचान स्वतन्त्र रूपमा पुष्टि हुन नसकेकाले नामको लेखाइमा सावधानी अपनाइएको छ।

यस घटनामा पक्राउ परेका तीनमध्ये एक जनाविरुद्ध मात्र हत्या अभियोगमा मुद्दा अघि बढेको छ। अन्य दुई जनाविरुद्ध अभियोजन नगर्ने निर्णय भएको हो। उनीहरूलाई दोषी ठहर गरिएको वा अदालतबाट निर्दोष प्रमाणित गरिएको अर्थमा भने बुझ्नु हुँदैन।

विदेशमा अध्ययनका लागि पुगेकी नेपाली युवतीको यस्तो दुःखद घटनाले जापानमा रहेका नेपाली समुदायलाई समेत स्तब्ध बनाएको छ।
मृतक लक्ष्मी राजवंशीप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

( स्रोत : जापानको टिभी आसाही (TV Asahi), टेलिभिजन निस्सी निप्पोन (TNC), KFB फुकुशिमा ब्रोडकास्टिङ, क्योदो न्युज (Kyodo News) तथा एबीसी नेपाल टिभी र नेपाल न्युज )

…….
पोस्ट मिति : २० कार्तिक शुक्रबार ०८३”
समय : दिउँसो ११ .५०
……..
ओझेलका खबर — खबर भित्रको खबर
……….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो